नेपाली कांग्रेस दोलखाको जिल्ला सम्मेलन सम्पन्न

राजकुमार भुजेल, दोलखा। नेपाली कांग्रेस दोलखाको जिल्ला सम्मेलन सम्पन्न भएको छ । आज सदरमुकाम चरिकोट स्थित सिमपानी सभाहलमा नेपाली कांग्रेसका केन्द्रिय समितिका सहमहामन्त्री बद्रि पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रमलाई सम्बोधन गर्नुहुदै सहमहामन्त्री पाण्डेले अहिले पार्टिभित्रै हुने अन्तरघातहरुलाई हटाउन जरुरी रहेको बताउनुभयो । उहाँले पार्टिलाई नयाँ दिशा तर्फ लैजान गाउँ गाउँमा पुगेर जनताको समस्यालाई बुझेर संगठन बनाउन आग्रह समेत गर्नुभयो ।‌ त्यस्तै कार्यक्रममा पार्टिको राजनैतिक तथा आर्थिक प्रतिवेदन नेपाली कांग्रेस दोलखाका सभापति बर्मा लामाले प्रस्तुत गर्नुभएको थियो। कार्यक्रममा बाग्मति प्रदेश सभापति इन्द्र बानिया,नेपाली कांग्रेसका केन्द्रिय सदस्य अजयबाबु शिवाकोटि,बाग्मति प्रदेशका पुर्व सभापति तारा बहादुर कोइराला,भिमेश्वर नगरपालिकाका नगर प्रमुख इश्वर नारायण मानन्धर लगाएतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

Shares

Be the first to comment on "नेपाली कांग्रेस दोलखाको जिल्ला सम्मेलन सम्पन्न"

Leave a comment

Your email address will not be published.


*