प्रदेश स्तरीय वक्तृत्वकला प्रतियोगितामा दोलखाली चेली मेलिशा ढुङ्गेल दोस्रो

राजकुमार भुजेल, दोलखा । प्रदेश स्तरीय वक्तृत्वकला प्रतियोगिताबाट सहिद स्मृति आवसिय माध्यामिक विद्यालय जिरीको छात्रा मेलिशा ढुङ्गेल दोस्रो भएकी छिन्। आज हेटैडामा भएको प्रदेश युबा परिषदको आयोजनामा ‘युवा र नवप्रवर्तन’ शीर्षकमा रहेर प्रदेशस्तरीय खुला वक्तृत्वकला प्रतियोगितामा ढुङ्गेल दोस्रो भएकी हुन्। प्रतियोगितामा १३ जना विद्यार्थीहरुलाई पछि पर्दै चितवनबाट देवेन्द्र श्रेष्ठ ले प्रतियोगिताको उपाधि जिते,भने नुवाकोटबाट विनिता लामिछाने ले तेस्रो स्थान हासिल गरेको जिल्ला युवा समिति दोलखाका अध्यक्ष भरतकुमार श्रेष्ठले जानकारी दिनुभयो। उनिहरुले पहिलो स्थान हासिल गर्ने ले रु ५० हजार,दोर्सो हुनेले रु. ३० हजार र तेस्रो स्थान हुनेले रु. २० हजार पुरस्कार सहित प्रमाणपत्र प्राप्त गरे। त्यस्तै मकवानपुर क्याम्पसका प्रधानध्यापक घनस्याम घिमिरे, दिपकराज मिश्र र निरा शर्मा ले प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो। दोर्सो स्थान हासिल गर्नुभएको छात्रा मेलिशा ढुङ्गेल जिल्ला युवा समिति दोलखाले गत जेठ १४ गते नव र नवप्रवर्तन ( Idea Hunt ) शिर्षकमा आयोजना गरेको जिल्ला स्तरिय प्रतियोगितामा पहिलो स्थान हासिल गरि प्रर्देश स्तरिय वक्तृत्वकला प्रतियोगितामा छनौट भएर आज दोलखाबाट सहभागी भएकी थिइन्।

Shares

Be the first to comment on "प्रदेश स्तरीय वक्तृत्वकला प्रतियोगितामा दोलखाली चेली मेलिशा ढुङ्गेल दोस्रो"

Leave a comment

Your email address will not be published.


*