सडक स्तरोन्नतीपछि दोलखाका उच्च भूभागका आलु तराई झर्दै

चरिकोट(दीस)ः मुडे–मेलुङ–सित्तली सडकको ट्रयाक खुलेको दुई दशकपछि सडकको स्तरोन्ती भएपछि दोलखाको दक्षिणमा रहेको उच्च भेगमा उत्पादित आलु तराई निर्यात गर्न सहज भएको छ । सो सडक अन्र्तगत सित्तलीदेखि मेलुङ गाँउपालिकाको भेडपुसम्म बाह्रै महिना यातायात संचालन हुनसक्नेगरी स्तरोन्ती भएपछि स्थानीयहरुलाई उच्च भुभागमा हुने आलु निर्यात गर्न सहज भएको हो ।
हिउँदको ८ महिना धुलाम्मे हुने यो सडक आलु निर्यातको समय बर्षाको ४ महिना यातायात संचालनमा हिलोका कारण निकै कठिन हुने गरेको थियो । वागमती प्रदेश सरकारको भौतिक योजना पुर्वाधार विकास मन्त्रायलको १३ करोड ५६ लाख रकममा उक्त सडक स्तरोन्ती भएको छ । मेलुङ र शैलुङ गाउँपालिकाका स्थानीयलाई उत्पादीत आलु निर्यात गर्न तथा तराईबाट छोटो दुरीमा खाद्यान्न आयात गर्न समेत यो सडकको स्तरोन्नतीले निक्कै सहज भएको छ । मेलुङ गाउँपालिकाको आलु पकेट क्षेत्रबाट बर्षामा आलु निर्यातमा किसानले भोग्दै आएको सास्ती हटेको छ  । यो भेगबाट बार्षिक १० करोड बराबरको आलु निर्यात हुने गरेको छ । स्तरोन्नतीपछि सडकले हिमाली क्षेत्रको यी पालिकालाई तराईसँग दुरी छोट्याउने मात्रै नभई स्थानीय उत्पादनलाई बजारसम्म लैजान सहयोग पु¥याएको मेलुङ गाउँपालिकाका अध्यक्ष हिरा थोकरले बताउनुभयो । यो सडक मेलुङ गाउँपालिकाको रणनितिक सडकसमेत भएको उहाँको भनाई रहेको छ । जिल्लाकै कम उच्चाई भएको भेगबाट शुरु हुने सडकले मेलुङको केहि वडा मात्रै नभएर शैलुङ र छिमेकी जिल्ला रामेछापका स्थानीय लाई पनि लाभान्वित गराएको छ । कुनै समय रामेछाप र दोलखाको प्रशासनिक केन्द्र रहेको वडा नम्बर छ स्थित मेलुङ यहि सडकले जोडछ् । वित्तीय संस्था र बजार पसलले निकै चहलपहल हुने मेलुङमा सडक स्तोरोन्ती पछि तत्कालिन समयमा रहेको राष्ट्रिय बाणिज्य बैंक पनि फर्कने स्थानीयहरुको आशा छ । सडक बनेकाले बैंक फर्कने पेन्सन लिन सदरमुकाम धाउँदै आउनु भएका ६९ बर्षिय भीमबहादुर तामाङको आशा छ ।
सित्तलीबाट बुद्धचोकसम्म १४ किलोमिटर मध्ये ७ किलोमिटर ग्राभेल र ४ किलोमिटर सोलिङ गरेर सडकलाई चौडा बनाईएको छ । बिरामी पर्दा सडक संचालनमा आउन नसक्दा बोकेर घण्टौ हिडेका यस भेगका स्थानीयले सडकको कारण स्वास्थ्य सेवा छिटो र यातायात मार्फत पाउन थालेकाछन् । सडक १२ महिना चल्ने भएपछि स्थानीय खुशी भएका छन् । सामान्य ज्वरोको औषधी सिटामोल किन्न वा स्वास्थ्य संस्था धाउन घण्टौं हिडनु पर्ने बाध्यता बाट सडक स्तरोन्नतीे ले सहज बनाईदिएको स्थानीय धन बहादुर श्रेष्ठको भनाई छ । विगतमा जस्तो सेवा नपाउूदा असुरक्षित सुत्केरी हुने क्रम पनि घटेको स्थानीयले बताए । यस्तै तराईसँग थप नजिक्याउन सिन्धुपाल्चोकको मुडेबाट शैलुङ गाउँपालिकाको बाघखोरसम्म एउटा प्याकेजमा कालोपत्र शुरु भएको छ । यस्तै बाघखोरबाट मेलुङ गाउँपालिका हुँदै तराईसँग आलु पकेट क्षेत्रलाई दुरी छोट्याउन स्तोरोन्तीसहित कालोपत्र हुनेगरी काम भैरहेको छ । यसबाट उच्च क्षेत्रमा हुने उत्पादन तराईसम्म पुग्न अझै सहज हुने छ ।

Shares

Be the first to comment on "सडक स्तरोन्नतीपछि दोलखाका उच्च भूभागका आलु तराई झर्दै"

Leave a comment

Your email address will not be published.


*