रक क्लाईम्बिङ महोत्सव सुरु

चरिकोट(दीस) ः दोलखाको भीमेश्वर नगरपालिका स्थित वडा नम्बर दुईमा दुई दिने सोक्ला रक क्लाईम्विङ महोत्सव सुरु भएको छ । महोत्सव विहिबारबाट सुरु भएको हो । सोक्ला गाउँको प्रचारप्रसार र महत्व दर्शाउनकोलागि महोत्सवको आयोजना गरिएकोे सोक्लाश्वरी पर्यटन विकास समाजका अध्यक्ष अर्जुन पाख्रीनले जानकारी दिनुभयो । उद्धघाटन कार्यक्रममा राजनैतिक दलका नेता , जनप्रतिनिधी , स्थानीय तथा प्रतियोगिको सहभागिता रहेको थियो । महोत्सव २ दिन सम्म चल्ने छ । सोक्ला गाउँ सदरमुकाम चरिकोटबाट करिव ८ किलोमिटरको दुरीमा पर्दछ ।

Shares

Be the first to comment on "रक क्लाईम्बिङ महोत्सव सुरु"

Leave a comment

Your email address will not be published.


*