बर्थिङ सेन्टरको उद्घाटन

चरिकोट(दीस)ः बैतेश्वर गाउँपालिकाद्वारा संचालित बैतेश्वर अस्पतालमा सुविधायुक्ति बर्थिङ सेन्टरको उद्घघाटन गरिएको छ । विहिवारबाट अस्पतालमा बर्थिङ सेन्टर संचालनमा आएको हो ।
विहिवार बैतेश्वर गाउँपालिकाका अध्यक्ष छविलामाले एक कार्यक्रमका बीच सय अघि प्राविधिक समस्याले संचालनमा आउन नसकेको बर्थिङ सेन्टर को उद्घटान गर्नु भयो । बर्थिङ सेन्टरको उद्घाटन गर्दै अध्यक्ष लामाले ग्रामीण भेगका महिला दिदिबहिनी तथा आमाहरुलाई जोखिम मोलेर घरमा सुत्केरी गराउनुपर्ने समस्याको अन्त्य होस् भन्ने उदेश्यले अस्पतालमा सुविधा सम्पन्न बर्थिङ सेन्टर संचालनमा ल्याइएको बताउनु भयो । आमा तथा शिशु दुबैको स्वास्थ्यमा ख्याल गरी उपचार,सेवा प्रवाह गर्न अस्पतालका कर्मचारीलाई उहाँले आग्रह गर्नु भएको थियो ।
प्रत्यक वडा वडामा बर्थिङ सेन्टर निर्माण भइसकेता पनि अस्पतालमा समेत आवस्यकता भएकाले गाउँपालिकाको सहयोगमा आवस्यक उपकरण, छुट्टै भवन र जनशक्ति व्यवस्थापन गरी बर्थिङ सेन्टरलाई संचालनमा ल्याइएकोको बैतेश्वर अस्पतालका व्यवस्थापक रोशन कुमार गिरीले जानकारी दिनुभयो ।
सोही कार्यक्रममा बैतेश्वर गाउँपालिकाकी उपाध्यक्ष कल्पना उप्रेतीले गाउँपालिका भित्रका गर्भवती महिलाले सुत्केरी हुनको लागि टाढाका अस्पताल तथा जोखिम मोलेर गाउँघर सुत्केरी हुनु पर्ने अवस्थाको अन्त्य भएको बताउनु भयो । कार्यक्रममा बैतेश्वर गाउँपालिका वडानम्बर छ का वडाध्यक्ष अशोक तामाङ, गाउँपालिका जनस्वास्थ्य निरीक्षक रुपेश चापागाईं, बैतेश्वर अस्पतालका प्रमुख डाक्टर सिंहनाथ यादव, अस्पताल व्यवस्थापन समिति सदस्य किरण तामाङ,अस्पतालका स्वास्थ्यकर्मी लगायतको उपस्थिति रहेको थियो ।

Shares

Be the first to comment on "बर्थिङ सेन्टरको उद्घाटन"

Leave a comment

Your email address will not be published.


*