सोक्लामा रक क्लाईम्बिङ महोत्सवको आयोजना गरिँदै

चरिकोट(दीस) ः भीमेश्वर नरपालिका वडा नम्बर दुईमा दुई दिने सोक्ला रक क्लाईम्विङ आयोजना गरिने भएको छ । सोक्ला गाउँको प्रचारप्रसार र महत्व दर्शाउनको लागि जेठ १८ र १९ गते सोक्ला रक क्लाईम्विङ महोत्सव आयोजना गरिन लागेको हो । पर्यटन प्रवद्र्धनका लागि सो कार्यक्रमको आयोजना गर्न लागिएको सोक्लाश्वरी पर्यटन विकास समाजका अध्यक्ष अर्जुन पाख्रीनले जानकारी दिनुभयो । सोक्ला गाउँ सदरमुकाम चरिकोटबाट करिव ८ किलोमिटरको दुरीमा पर्दछ । कृषि मुख्य पेशा रहेको यस ठाउँमा सम्भावनाको आधारहरु थुप्रै रहेका छन् । विशेषगरी कृषि पर्यटनसँगै, इको पर्यटन, साहसिक पर्यटन, पर्यापर्यटन, गौरीशकर श्रृंखलाको दृश्यावलोकन गन्तव्य तथा धार्मिक अध्ययन अनुसन्धानका लागि पनि सोक्ला क्षेत्र प्रसिद्ध मानिन्छ ।

Shares

Be the first to comment on "सोक्लामा रक क्लाईम्बिङ महोत्सवको आयोजना गरिँदै"

Leave a comment

Your email address will not be published.


*