विगु गाउँपालिकाद्वारा करिब ४८ लाख राजश्व संकलन

चरिकोट(दीस) ः विगु गाउँपालिकाले करिब ४८ लाख राजश्व संकलन गरेको छ । गाउँपालिकाले चालु आर्थिक वर्षको दश महिनाको अवधिमा विभिन्न शीर्षकमा सो राजश्व संकलन गरेको हो ।
चालु आर्थिक वर्षको श्रावण महिना देखि बैशाख मसान्त सम्ममा विगु गाउँपालिकाले कुल ४७ लाख ५५ हजार दुईसय एक्काईस रुपैयाँ राजश्व संकलन गरिएको विगु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णहरि पौडेलले जानकारी दिनुभयो । विभिन्न दश शीर्षकमा सो राजश्व संकलन गरिएको उहाँको भनाई छ । चालु आर्थिक वर्षको श्रावण देखि चैत्र मसान्त सम्ममा कुल २३ लाख ३८ हजार चार सय बत्तिस रुपैयाँ राजश्व संकलन भएकोमा बैशाख महिनामा २४ लाख १६ हजार सातसय अठासी रुपैयाँ राजश्व संकलन भएको विगु गाउँपालिकाको तथ्याङ्क छ ।

Shares

Be the first to comment on "विगु गाउँपालिकाद्वारा करिब ४८ लाख राजश्व संकलन"

Leave a comment

Your email address will not be published.


*