हरिसिद्धी प्राविका विद्यार्थीलाई स्टेशनरी वितरण

चरिकोट(दीस)ः हरिसिद्धी प्रथमिक विद्यालयका विद्यार्थीहरुलाई स्टेशनरी समग्री वितरण गरिएको छ । विद्यार्थीहरुलाई गृहकार्य गर्न सहज होस भनी मंगलवार स्टेशनरी सामग्री वितरण गरिएको हो । द इनसाईट भिजन एसएस÷कलेजमा अध्ययनरत विद्यार्थीहरुको पहलमा संकलित स्टेशनरी सामग्री विद्यार्थीहरुलाई वितरण गरिएको विद्यालयका प्रधानध्यापक ओमबहादुर बस्नेतले बताउनुभयो । विद्यार्थीलाई गृहकार्य गर्दा स्टेशनरीको अभाव हुन नदिनको लागि आज स्टेशनरी सामग्री वितरण गरिएको छ । गौरीशंकर गाउँपालिका वडा नं. ३ हरिसिद्ध प्रावि झ्याँकुमा अध्ययनरत विद्यार्थीलाई स्टेशनरी वितरण गरिएको हो । सो विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई द इनसाईट भिजन एसएस÷कलेजले वार्षिक रुपमा स्टेशनरी सहयोग गर्दै आएको छ ।

Shares

Be the first to comment on "हरिसिद्धी प्राविका विद्यार्थीलाई स्टेशनरी वितरण"

Leave a comment

Your email address will not be published.


*