चरिकोटमा जिल्लास्तरीय खुल्ला वक्तित्वकला प्रतियोगितामा हुने

राजकुमार भुजेल÷चरिकोट –दोलखाको सदरमुकाम चरिकोटमा आउँदो जेठ १९ गते “युवा र नवप्रबर्तन“ शिर्षकमा जिल्ला स्तरीय खुल्ला बक्तित्वकला प्रतियोगिता आयोजना हुने भएको छ। जिल्ला युवा समिति दोलखाको आयोजनामा युवाहरुमा भएको नवप्रतिभालाई उजागर गर्ने उदेश्यले उक्त प्रतियोगितको आयोजना गर्न लागिएको जिल्ला युवा समिति दोलखाका अध्यक्ष भरतकुमार श्रेष्ठले जानाकारी दिनुभयो।
उक्त प्रतियोगितामा २४ वर्ष उमेर समूहका युवाहरुले सहभागिता जनाउन सक्नेछ। प्रतियोगितामा उत्कृष्ट अंक ल्याई प्रथम हुने सहभागीलाई नगद रु.१५ हजार,दोस्रोलाई १० हजार र तेर्सो हुने सहभागीलाई नगद रु.५ हजार सहित प्रमाणपत्र दिइने अध्यक्ष श्रेष्ठले बताउनुभयो। प्रतियोगिता कालिन्चोक माध्यमिक विद्यालयमा जेठ १९ गते हुने जनाइएको छ ।

Shares

Be the first to comment on "चरिकोटमा जिल्लास्तरीय खुल्ला वक्तित्वकला प्रतियोगितामा हुने"

Leave a comment

Your email address will not be published.


*