मास्केद्वारा रचित कर्मयोग र साधना नामक आत्मकथा लोकार्पण

बाबुराम शर्मा ÷ चरिकोट ः भीमेश्वर नगरपालिका २ ऐतिहासिक सहर दोलखा निवासी कृष्णप्रसाद मास्केद्वारा रचित कर्मयोग र साधना नामक आत्मकथा लोकार्पण गरिएको छ । पुस्तक लोकार्पण गर्दै नगरप्रमुख ईश्वरनारायण मानन्धरले आत्मकथाबाट आफूलाई हिनता, डर र लोभबाट बच्नुपर्ने प्रेरणा मिलेको बताउनु भयो । कृष्णप्रसादको आत्मकथाले आफ्ना जीवनको स्मरण गराएको उल्लेख गर्दै उहाँले भन्नु भयो, “पुस्तकमा आत्म विश्वास र साहस पनि छचल्किएको छ । नगरप्रमुख भएर गर्ने काममा पनि यी गुणलाई समेटने पनि अठोट लिएको छु । दोलखालाई विश्व सम्पदा सूचीमा समावेश गर्न आवश्यक कागजात सङकलन गर्ने काम भइरहेको छ ।” आत्मकथा टिप्पणीकार डा. सुनील मास्केका अनुसार रचनाकारको वानी व्यहोरा जस्तै झल्कने पुस्तकको आवरण,कागजको स्तर राम्रो छ । चार महिनामै माता विहीनदेखि प्रबल गोरखा दक्षिण बाहुबाट विभूषित सम्मको करिब ७५ वर्षको लामो ऐतिहासिक अनुभव, दृष्टान्त, दुःखभित्रका सुखहरु,सुख बाँडेका मनहरु,शिक्षामूलक एवम प्रेरणादायी रहेका छन् । पुस्तकका विषय वस्तु राम्रा हुँदा हुँदै पनि सजाउने कलाको कमी, रङ भर्ने कुचिहरु राम्रा नभएर कुचिकार सक्षम नभएको भान देखिएको छ । यसले गर्दा बढी महत्वका व्यापार क्षेत्रका सहकर्मी,साटा र जावलाखेल ह्यान्डिक्राफ्ट र तिब्बतियनहरुको व्यवस्थापन पक्ष अलि ओझेलमा परेको देखिएको छ । बढी महत्वका विषय वस्तुलाई राम्रोसँग मिलाएर प्रस्तुत गरेको खण्डमा मानवता, मानव प्रेम,करुणा,हाम्रो संस्कृति अनि ईतिहासको सङगम कर्मयोग र साधना शीर्षक सार्थक हुने देखिन्छ । लोकार्पण कार्यक्रममा समाजसेवी भल्ला मास्के, पूर्व महान्यायाधीवक्ता मुक्ति प्रधान,वडाध्यक्ष स्टालिन श्रेष्ठ,समाजसेवी शान्तकृष्ण श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

Shares

Be the first to comment on "मास्केद्वारा रचित कर्मयोग र साधना नामक आत्मकथा लोकार्पण"

Leave a comment

Your email address will not be published.


*