कुथली बुखरी स्मल हाइड्रो पावरले स्थानीयका लागि आइपीओ जारी गर्ने

चरिकोट(दीस) ः भीमेश्वर नगरपालिका वडा नम्बर एक मा रहेको कुथली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले प्रभावित स्थानीय वासिन्दाहरुको लागि आइपीओ जारी गर्ने भएको छ । हाइड्रो पावरले भीमेश्वर नगरपालिका वडा नम्बर एक तथा कालिञ्चोक गाउँपालिका वडा नम्बर नौ का प्रभावित स्थानीयहरुलाई आइपीओ जारी गर्ने भएको हो ।
जेठ १९ गतेबाट आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुको लागि आइपीओ जारी गर्न लागिएको कुथली बुखरी स्मलहाइडूो पावर लिमिटेडले सार्वजनिक सूचना मार्फत जानकारी दिएको छ । प्रभावित स्थानीयहरुले न्युनतम दश कित्ता देखि अधिकतम एकहजार कित्ता सम्मकोलागि आवेदन दिन सक्ने छन् । आयोजनाले स्थानीय प्रभावित हरुकालागि १ लाख २१ हजार ८६८ कित्ता छुट्याएको छ । आइपीओ छीटोमा असार १ गते तथा ढिलोमा असार १७ गते बन्दहुने हाइड्रोपावरले जनाएको छ । कम्पनीको धितोपत्र निष्काशन तथा विक्रि प्रबन्धक कर्ता एनएमबी क्यापिटल रहेको छ ।

Shares

Be the first to comment on "कुथली बुखरी स्मल हाइड्रो पावरले स्थानीयका लागि आइपीओ जारी गर्ने"

Leave a comment

Your email address will not be published.


*