नेपाली काँग्रेसले तोक्यो संयोजक

राजकुमार भुजेल (चरिकोट)ः नेपाली काङ्ग्रेस भीमेश्वर नगरपालिकाले आगामी जेठ १७ गते हुने नगर सम्मेलन र २८ गते हुने जिल्ला सम्मेलन भव्यरुपमा सम्पन्न गर्न वडा गाउ÷ नगर, र जिल्ला सम्मेलनका लागि भीमेश्वर नगरपालिका भित्रका ९ वटै स्थानिय तहहरूमा संयोजक तोकेको छ ।
मङ्गलबार भीमेश्वर नगरपालिकाका संयोजक राकेस श्रेठको संयोजनमा बसेको बैठकले सो निर्णय गरेको नेपाली काङ्ग्रेस भीमेश्वर नगरपालिका का कार्यसमिति सभापति शंकर कार्कीले जानकारी दिनुभयो । नगर कार्यसमितिका सभापति कार्कीका अनुसार क्रमशः भिमेश्वर नगरपालिका वडा नं १ मा रामशरण केशी,२ मा रमेश चौलागाई, ३ मा मेनुका चौलागाईं ,४ मा जगत बहादुर श्रेष्ठ ,५ मा बालचन्द्र शिवाकोटी ,६ मा भोजराज चौलागाई ,७ मा स्वस्थानी सुवेदी तामाङ,८ मा केसर थापा र ९ मा रुद्रजंग बुढाथोकीलाई वडा संयोजकको जिम्मेवारी दिएको बताउनुभयो ।

Shares

Be the first to comment on "नेपाली काँग्रेसले तोक्यो संयोजक"

Leave a comment

Your email address will not be published.


*