तामाकोसी गाउँपालिकाले ल्यायो शिक्षक स्वर्णीम अवकास कार्यक्रम

चरिकोट(दीस) ः तामाकोसी गाउँपालिकाले शिक्षक स्वर्णीम अवकास कार्यक्रम ल्याउने भएको छ । स्थायी सेवा अवधि २० वर्ष पूरा गरेका तथा ५५ वर्ष उमेर पूरा भएका शिक्षकहरुका लागि गाउँपालिकाले सो कार्यक्रम ल्याउने भएको हो ।
स्थायी सेवा अवधि २० वर्ष पूरा गरेका तथा ५५ वर्ष उमेर पूरा भएका शिक्षकले स्वेच्छिक अवकाश लिएमा गाउँपालिकाले तीन लाख रुपियाँ दिने गरी स्वर्णिम अवकाश कार्यक्रम ल्याउन लागेको तामाकोसी गाउँपालिकाले बताएको छ ।
तामाकोसी गाउँपालिकाले एक सूचना जारी गर्दै शिक्षक स्वर्णिम अवकाश कार्यक्रम कार्यान्वयन कार्यविधि (२०७९ अनुसार अनुसार अधिकतम तीन लाख रुपियाँसम्म उपलब्ध गराउने जनाएको छ । कार्यक्रममा सहभागी हुन चाहने शिक्षकलाई जेठ २४ गतेभित्र निवेदन दिन गाउँपालिकाले सूचना जारी गरेको छ ।
तामाकोसी गउँपालिका भित्रका विद्यालयहरुमा आधारभूत तहमा १ सय ८६ जना शिक्षक कार्यरत छन् । प्राथमिक तहको स्थायी दरबन्दीमा कार्यरत शिक्षकको संख्या १ सय ३९ छ । यी मध्ये १५ देखि २० जनासम्म शिक्षकले सो योजनामा सहभागिता जनाउने अनुमान रहेको तमाकोसी गाउँपालिका शिक्षा शाखाले बताएको छ ।

Shares

Be the first to comment on "तामाकोसी गाउँपालिकाले ल्यायो शिक्षक स्वर्णीम अवकास कार्यक्रम"

Leave a comment

Your email address will not be published.


*