तीन महिनाको अवधिमा २६ घर जलेर नष्ट

चरिकोट(दीस) ः दोलखामा तीन महिनाको अवधिमा २६ वटा घर आगलागीबाट जलेर नष्ट भएका छन । चालु आर्थिक वर्षको गत माघ महिना देखि चैत्र मसान्त सम्म को अवधिमा उक्त संख्यामा घरहरु आगलागीमा परी नष्ट भएका हुन् । चालु आर्थिक वर्षको माघ देखि चैत्र सम्ममा २६ घर आगलागीमा परी नष्ट भएको जिल्ला प्रशासन कार्यालय दोलखाको तथ्याङ्क छ । आगलागी भएर सबैभन्दा बढी १८ घर कालिञ्चोक गाउँपालिकामा नष्ट भएका छन् । यसैगरी शैलुङ गाउँपालिकामा तीन, भीमेश्वर नगरपालिका,तामाकोसी, विगु मेलुङ, तथा गौरिशंकर गाउँपालिकामा एक एक घर जलेर नष्ट भएको जिल्ला प्रशासन कार्यालयले बताएको छ ।

Shares

Be the first to comment on "तीन महिनाको अवधिमा २६ घर जलेर नष्ट"

Leave a comment

Your email address will not be published.


*