काठमाडौँ । ४ जेठ (रासस) :भारत सरकारको अनुदान सहयोगमा दुई परियोजना निर्माण हुने भएको छ । स्वास्थ्य र शैक्षिक क्षेत्रका दुईवटा सामुदायिक विकास परियोजनाको निर्माणका लागि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र काठमाडौँस्थित भारतीय राजदूतावासबीच हिजो सम्झौता भएको हो । रामेछापको मालागिरी शान्ति योगाश्रम र डोटीको केदार ज्योतिपुञ्ज बहुमुखी क्याम्पस निर्माणका लागि सम्झौता भएको हो । दुवै परियोजनामा कूल रु आठ करोड ३३ लाख लगानी हुने अनुमान गरिएको छ । परियोजना रामेछाप नगरपालिका र बडीकेदार गाउँपालिकामार्फत कार्यान्वयन गरिनेछ । परियोजना निर्माणले स्थानीयलाई गुणस्तरीय स्वास्थ्य तथा शैक्षिक सुविधा पुग्ने विश्वास लिइएको छ । —
भारतको सहयोगमा दुई परियोजना निर्माण हुने
Posted By: दीक्षण दैनिक ४ जेष्ठ २०८०, बिहीबार १३:०७
८ आश्विन २०८१, मंगलवार १०:३९
नवलपुरको विनियी त्रिवेणीमा यात्रुवाहक बस दुर्घटनामा २३ जना घाइते
८ आश्विन २०८१, मंगलवार ११:०७
मौसममा फेरि फेरबदलः कृषि क्षेत्रमा असर पर्नसक्ने
८ आश्विन २०८१, मंगलवार ११:००
विदेशमा रहेका युवालाई स्वदेशमै अवसर सृजना गर्न प्रधानमन्त्री ओलीको आग्रह
८ आश्विन २०८१, मंगलवार ११:५२
Be the first to comment on "भारतको सहयोगमा दुई परियोजना निर्माण हुने"