जिरी नगरपालिकाद्धारा नेपाल बैंकको शाखा स्थापना गर्न माग

चरिकोट(दीस)ः जिरी नगरपालिकाले जिरीमा नेपाल बैंकको शाखा कार्यालय स्थापना गर्न माग गरेको छ । विगतमा सुरक्षा ब्यवस्थाको कारण द्वन्द्वकालमा जिरीमा रहेको शाखा बन्द गरिएकोमा वर्तमान समयमा त्यस्तो अवस्था नरहेकोले जिरी नगरपालिकाले नेपाल बैंकको शाखा पुनः स्थापना गर्न माग गरेको हो ।
जिरी नगरभित्र बढ्दो आर्थिक कृयाकलाप लाई दृष्टीगत गरी तथा पेन्सन लिन स्थानीयहरुलाई चरिकोट पुग्नु पर्ने बाध्यता भएकोले सरकारी स्वामित्वको नेपाल बैंकको शाखा पूनः स्थापना गर्न जिरी नगरपालिकाले आग्रह गरेको जिरीका नगर प्रमुख मित्र बहादुर जिरेलले जानकारी दिनुभयो ।

Shares

Be the first to comment on "जिरी नगरपालिकाद्धारा नेपाल बैंकको शाखा स्थापना गर्न माग"

Leave a comment

Your email address will not be published.


*