नेपाल प्रेस युनियन दोलखामा नयाँ नेतृत्व

चरिकोट (दीस) – नेपाल प्रेस युनियन दोलखाको नवौं जिल्ला अधिवेशनले नयाँ नेतृत्व चयन भएको छ । अध्यक्षमा सुजन कफ्ले चयन हुनु भएको छ । उपाध्यक्षमा उपेन्द्र सुवेदी, महिला उपाध्यक्षमा शुसिला कार्की, सचिवमा सुवास बस्नेत, सहसचिवमा प्रेम तमाङ र कोषाध्यक्षमा कृष्ण प्रसाद भण्डारी चयन हुनु भएको छ । सदस्यमा हरी खत्री, बाबुराम थापा, शिव सापकोटा, भिष्म खड्का, पर्शुराम जोशी, ईश्वर बल्लभ थापा चयन हुनु नेपाल प्रेस युनियन बागमती प्रदेशका सचिब राजन बस्नेतले जानकारी दिनु भयो ।
अधिवेशनमा प्रदेशसभा सांसद कुन्दनराज काफ्लेले ,केन्द्रिय सदस्य अजयबाबु शिवाकोटी, नेपाली कांग्रेस दोलखाका सभापति बर्मा लामा, प्रेस काउन्सिलका बार्ड सदस्य चिरञ्चीवि मास्के, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य रमेश खतिवडा, प्रेस युनियनका केन्द्रिय सचिव लालकुमार मोक्तान, नेपाल पत्रकार महासंघ दोलखाका सचिव दिलबहादुर केसीले आफ्नो मन्तब्य व्यक्त गर्नु भएको थियो । दोलखा सदरमुकाम चरिकोटमा भएको अधिबेशन नेपाल प्रेस युनियन दोलखाका निर्वतमान अध्यक्ष दीपशंकर चौलागाई अध्यक्षता सम्पन्न भएको थियो ।

Shares

Be the first to comment on "नेपाल प्रेस युनियन दोलखामा नयाँ नेतृत्व"

Leave a comment

Your email address will not be published.


*