पशुपति चौलागाईं अस्पतालको गुणस्तरमा सुधार

नवराज शिवाकोटी,चरिकोट ः सदरमुकाम चरिकोटमा रहेको पशुपति चौलागाईँ स्मृति अस्पतालको सेवाको गुणस्तरमा बृद्धी भएको पाइएको छ । बागमती प्रदेश स्वास्थ्य निर्देशनालयले गरेको अस्पतालको गुणस्तर सुधारका लागि न्यूनतम सेवा मापदण्ड परीक्षणमा गत वर्ष भन्दा बढी अंक प्राप्त गरेकोले गुणस्तरमा सुधार भएको पाइएको हो । विभिन्न सूचकको आधारमा गरिने न्यूनतम सेवा मापदण्ड मूल्याङ्कनमा गत वर्ष ५६ अंक पाएको अस्पतालले यो वर्ष ६७ अंक प्राप्त गरी सुधार गरेको बागमती प्रदेश स्वास्थ्य निर्देशनालयका बरिष्ठ डाक्टर नरेन्द्र झाले बताउनु भयो । न्याय हेल्थले अस्पत्ताल सञ्ंचालनको जिम्मेवारीबाट हात झिकेपछि अस्पतालल कसरी संचालन गर्ने भन्ने विषयमा अस्पत्ताल र प्रदेश तथा स्थानीय तह विचमा झण्डै विवादको अवस्था रहे पनि प्रदेशले अस्पताल संचालन गरेपछि अहिले अवस्थामा सुधार आएको डाक्टर झाको भनाई रहेको छ । अहिले अस्पताललाई विभिन्न उपकरण प्रदान गर्नुकासाथै जनशक्तिको ब्यवस्थापनमा निर्देशनालयले ध्यान दिईरहेको उहाँको भनाई रहेको छ । साथै अस्पत्तालका लागि दुई भवन पनि निर्माणाधिन अवस्थामा रहेका छन् ।
बहिरंग तथा अन्तरंग सेवा दिइरहेको अस्पतालले अहिले ओपीडी तर्फ जनरल ओपिडी तथा जनरल सर्जरी सेवा, मासिक रुपमा साइक्याट्रिक ओपीडी, मुटुरोग ओपीडी, थाइराईड , सुगर ओपीडी तथा महिनाको दुई पटक हाडजोर्नी सम्बन्धी ओपीडी सहित शल्यक्रिया सेवा समेत उपलब्ध गराईरहेको अस्पताल प्रमुख डाक्टर ज्ञानेश्वर श्रेष्ठले जानकारी दिनुभयो । हाल अस्पतालमा एक जना मेडिकल सुपरिटेन्डेन्ट, दुई जना जनरल सर्जन, पाँच जना मेडिकल अफिसर तथा दुई जना डेन्टल सर्जनले सेवा दिईरहेको प्रमुख श्रेष्ठको भनाई रहेको छ । अस्पतालमा ईन्डस्कोपी मेसीन नहुँदा भने अहिले समस्या भएको उहाँले बताउनु भयो । प्रदेश स्वास्थ्य निर्देशनालयमा यसको माग गरी पठाइएको उहाँको भनाई छ । अस्पतालको अध्यक्ष भई आफू आएपछि बाध्यात्मक रुपमा केही शुल्क लगाउँदा आलोचना खेप्नु परेपनि अहिल अस्पत्तालको गुणस्तर सुधारका लागि न्यूनतम सेवा मापदण्ड परीक्षण मूल्याङ्कनमा अस्पतालको प्रगति केही बढेबाट आफू सन्तुष्ट रहेको पशुपति चौलागाईं स्मृति अस्पताल संचालक समितिका अध्यक्ष भरतनारायण श्रेष्ठले बताउनु भयो । अस्पतालका लागि आवश्यक उपकरण जुटाउनमा आफू लागि परिरहेको उहाँको भनाई छ । इन्डस्कोपी मेसिन अलि महंगो भएकोले जिल्लाका जनप्रतिनिधिहरुलाई समेत यसको खरिदकालागि आवश्यक बजेट विनियोजन गर्न आफूले अनुरोध गरिरहेको उहाँले बताउनु भयो ।

Shares

Be the first to comment on "पशुपति चौलागाईं अस्पतालको गुणस्तरमा सुधार"

Leave a comment

Your email address will not be published.


*