मेलुङ गाउँपालिकामा सिस्नोको प्रशोधन गर्न सुरु

चरिकोट(दीस)ः मेलुङ गाउँपालिकामा सिस्नोको प्रशोधन गर्न सुरु गरिएको छ । गाउँपालिकाको वडा नम्बर पाँचमा सिस्नो प्रशोधन गरी सिस्नेको पाउडर बनाउन सुरु गरिएको हो ।
मेलुङ गाउँपालिकाद्वारा संचालित लघु उद्यम विकास कार्यक्रम अन्तर्गत वडा नम्बर पाँचमा सिस्नाको पाउडर उत्पादन गर्न सुरु गरिएको मेलुङ गाउँपालिकाले जानकारी दिएको छ । स्थानी स्तरमा पाइने सिस्नोलाई पाउडरको रुपमा उत्पादन गरी विक्री वितरण गर्दा स्थानीयहरुको आयआर्जनमा मद्दत पुग्ने गाउँपालिकाको विश्वास छ । सिस्नोको पाउडर सेवनबाट ब्लडप्रेसर, सुगर लगायतका रोगीहरुलाई फाइदाहुने बताइएको छ ।

Shares

Be the first to comment on "मेलुङ गाउँपालिकामा सिस्नोको प्रशोधन गर्न सुरु"

Leave a comment

Your email address will not be published.


*