दोलखाका उच्च भूभागमा हिमपात

चरिकोट(राजकुमार भुजेल ) ः दोलखाको उच्च भूभागगहरुमा हिमपात भएको छ । जिल्लाका कालिन्चोक, सैलुङ, च्योर्दुङ लगाइतका भेगमा शनिवार हिमपात भएको हो । बिहानैदेखि चिसो बढेपछि शनिवार अपरान्ह बाट हिमपात भएको थियो ।
हिमपातका कारण स्थानीय जनजीवन समेत प्रभावित भएको छ । गर्मी हुनुपर्ने चैत्र महिनामा समेत जाडो बढेको छ ।
शुक्रवार समेत हिमपात भएको कालिञ्चोकका होटल ब्यावसायीहरुको भनाई रहेको छ । पुस र माघ महिनामा हिमपात नभएको तीन हजार आठ सय ४२ मिटर उचाइमा रहेको कालिन्चोक क्षेत्रमा फागुन १३ गते पहिलो पटक हिमपात भएको थियो । यस्तै शैलुङ क्षेत्रमा पनि बाक्लो हिमपात भइरहेको शैलुङ कालापानीका होटल ब्यावसायीहरुका भनाई छ । हिमपातसँगै दोलखामा चिसो बढेको छ ।

Shares

Be the first to comment on "दोलखाका उच्च भूभागमा हिमपात"

Leave a comment

Your email address will not be published.


*