मैनापोखरी बजारमा हाटबजार सुरु हुँदै

चरिकोट(दीस)ः जिल्लाको बैतेश्वर गाउँपालिका वडा नम्बर ५ मैनापोखरी बजारमा हाटबजार सुरु गरिने भएको छ । नयाँ बर्षको बैसाख २ गते देखी हाटबजार सुरु गरिने भएको हो । बैतेश्वर गाउँपालिकाले बुधबार एक सूचना जारी गर्दै मैनापोखरी बजारको खस्किदो ब्यापार व्यवसाय चलायमान बनाउदै व्यापार व्यवसायको प्रवर्धन गर्न हाट संञ्चालन गर्न लागिएको बताइएको छ । प्रत्येक शनिबार विहान ७ बजे देखी ११ बजेसम्म बजारको फुटपाथ प्रयोग गरी हाटबजार संञ्चालन गर्न लागिएको हो । हाटमा स्थानीय उत्पादन बेच्न अनुमति दिएको दोलखा उद्योग वाणिज्य संघ मैनापोखरी शाखाले जनाएको छ । विगतमा पनि बैतेश्वर गाउँपालिका वडा नम्बर ४ को वगरमा बुधबार हाट लाग्ने गरेको थियो ।

Shares

Be the first to comment on "मैनापोखरी बजारमा हाटबजार सुरु हुँदै"

Leave a comment

Your email address will not be published.


*