चरिकोटमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु, एक घाइते

चरिकोट (राजकुमार भुजेल ) –दोलखाको भीमेश्वर नगरपालिका वडा नं ६ चरिकोट स्थित दुध डेरीमा ट्रकले मोटरसाइकललाई ठक्कर एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी एक जना घाइते भएको छन् । दुर्घटना परी काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिकाका मोटर साइकल चालक २० वर्षीय राजु मगरको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाले बताएको छ । मगरको उपचारका क्रममा चरिकोट च्छोरोल्पा जनरल अस्पतालमा मृत्यु भएको हो । घाइते अविशेक शाह पनि सोही अस्पताल उपचार भईरहेको छ । उनी खरतामुक्त रहेको च्छोरोल्पा अस्पतालका प्रमुख डा । विनोद दंगालले जानकारी दिनु भयो ।
आज बिहान काठमाडौंतर्फ जाँदै गरेको बा ४ ख ९७५ नम्बरको ट्रकले विपरित दिशाबाट आउँदै गरेको बा ९४ प ३२५५ नम्बरको मोटरसाइक एक आपसमा ठोकिएका थिए ।

Shares

Be the first to comment on "चरिकोटमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु, एक घाइते"

Leave a comment

Your email address will not be published.


*