दोलखाको सुरी केन्द्रविन्दु भएर भूकम्प

चरिकोट (दीस) – आज पनि भूकम्पको धक्का महशुस भएको छ । दोलखाको गौरीशंकर गाउँपालिका सुरीलाई केन्द्र विन्दु बनाएर भूकम्प गएको हो । राष्टिय« भूकम्प मापन तथा अनुसन्धान आइतबार बिहान ११ बजेर २७ मिनेट जाँदा पाँच दशमलब दुई म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको धक्का दोलखा, ओखलढुङ्गा, रामेछाप, सिन्धुपाल्चोक, नुवाकोट र काठमाडौँ उपत्यका आसपासका जिल्ला महशुस गरिएको हो ।पछिल्लो समय नेपालको पूर्व तथा पश्चिम क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प जानेक्रम बढेको छ । यसअघि गत चैत १५ गते ताप्लेजुङको स्याओ केन्द्रबिन्दु भएर चार दशमलव छ रेक्टर स्केलको भूकम्प गएको थियो ।

Shares

Be the first to comment on "दोलखाको सुरी केन्द्रविन्दु भएर भूकम्प"

Leave a comment

Your email address will not be published.


*