जिलूका युवाहरुलाई रोजगारमूलक तालिम

चरिकोट/राजकुमार भुजेल,– दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर चार जिलूका युवाहरुलाई रोजगारमूलक तालिम दिइन थालिएको छ । बेरोजगार युवाहरुलाई स्वरोजगार बनाउने उद्देश्यले रोजगारमूलक तालिम दिन थालिएको हो ।
बुधवारबाट बेरोजगार युवालाई सीप सिकाएर स्वरोजगार बनाउने उद्देश्यले बैदेशिक रोजगार बोर्डको सहयोग तथा सिटिईभिटिको सहकार्यमा प्लम्बिङ तालिम सुरु गरिएको वडाध्यक्ष तारानाथ चौलागाईँले जानकारी दिनुभयो ।
तालिम कार्यक्रमको उद्घाटन गर्दै वडाध्यक्ष चौलागाईंले सिप भएका मानिसहरु कहिल्यै भोकै बस्न नपर्ने बताउनुभयो । सिपमुलक तालिमले बेरोजगार समस्या हट्ने र विदेशीनु पर्ने वाध्यता कम हुने उहाँको भनाई थियो ।
१६० घण्टे प्लम्बिङ तालिमा २० जना युवाहरुको सहभागिता रहेको छ । तालिमको उद्घाटन समारोहमा जिरिप्राबिधिक शिक्षालय प्रमुख कर्मा शेर्पा,काँग्रेस नेता केशवराज चौलागाई लगायतको उपस्थिति रहेको थियो ।

Shares

Be the first to comment on "जिलूका युवाहरुलाई रोजगारमूलक तालिम"

Leave a comment

Your email address will not be published.


*