भीमेश्वर नगरपालिकालाई ललितपुर महानगरपालिकाको ३५ लाख सहयोग

चरिकोट( दीस) ः ललितपुर महानगरपालिकाले भीमेश्वर नगरपालिकालाई ३५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । भीमेश्वर नगरपालिका भित्र रहेका सम्पदा संरक्षणको उद्देश्यले महानगरले सो सहयोग गरेको हो ।
ललितपुर महानर पालिकाका मेयर चिरीबाबु महर्जनले शुक्रवार सदरमुकाम चरिकोटमा आयोजित एक कार्यक्रममा भीमेश्वर नगरपालिकाका मेयर ईश्वरनारायण मानन्धरलाई ३५ लाख रुपैयाँको चेक हस्तान्तरण गर्नुभएको थियो । सम्पदा संरक्षणमा भीमेश्वरलाई सहयोग पुगोस भनी महानगरले आर्थिक सहयोग गरेको मेयर महर्जनले उक्त अवसरमा बताउनु भएको थियो । भीमेश्वरका मेयर मानन्धरले सहयोग गरेकोमा उक्त अवसरमा ललितपुर महानगरलार्य धन्यवाद ज्ञापन गर्नु भएको थियो ।
सोही कार्यक्रममा ललितपुर उपमहानगरपालिकाका प्रबक्ता राजु महर्जनले दुवै नगरले आफ्ना अनुभव आदानप्रदान गरेर मितेरी सम्बन्धलाई प्रगाढ बनाउनुपर्नेमा जोड दिनु भएको थियो । यसैगरी भीमेश्वर नगरपालिकाका मुख्य प्रशासकीय अधिकृत शिषिर पौडेलले सांस्कृतिक क्षेत्रलाई उजागर गर्न मितेरी सम्बन्ध अत्यन्तै महत्वपूर्ण हुने विश्वास ब्यक्त गर्नु भएको थियो ।
यसैविच लिलितपुर महानर तथा भीमेश्वर नगर विच साहित्यिक(सांस्कृतिक करिडोर संयन्त्र बनेको छ । दुई नगरविच सांस्कृतिक, साहित्यिक, ऐतिहासिक अनुभव आदानप्रदान गर्न सो संयन्त्र बनेको हो । संयन्त्रमा ललितपुर महानगरका तर्फबाट प्रवक्ता राजु महर्जन, पूर्वाधार विकास समितिका संयोजक चन्द्र महर्जन, सामाजिक विकास समितिका सदस्य निर्मल तण्डुकार, नगर प्रमुखका राजनीतिक सल्लाहकार बाबुराज महर्जन र महानगर प्रशासन महाशाखा प्रमुख सागर थापा तथा भीमेश्वर नगरको तर्फबाटस्टालीन श्रेष्ठ, प्रवक्ता तारानाथ चौलागाई, वडा नम्बर ३ का वडा अध्यक्ष हरिशरण शिवाकोटी, कर्मचारीहरू अर्जुन कार्की र सुरेश राउत रहेको भीमेश्वर नगरपालिकाले जानकारी दिएको छ ।

Shares

Be the first to comment on "भीमेश्वर नगरपालिकालाई ललितपुर महानगरपालिकाको ३५ लाख सहयोग"

Leave a comment

Your email address will not be published.


*