भीमेश्वरद्वारा गरिब परिवारका प्रारम्भिक सूचि प्रकाशित

चरिकोट(दीस) ः भीमेश्वर नगरपालिकाले गरिब परिवारको प्ररम्भिक सूचि प्रकाशित गरेको छ । नगरले नेपाल सरकार भूमिब्यवस्था तथा गरिवी निवारण मन्त्रालयबाट प्राप्त नगर भित्रका गरिव परिवारको प्रारम्भिक सूचि प्रकाशित गरेको हो ।
मन्त्रालयबाट प्राप्त प्रारम्भिक सूचि सर्वसाधारणको जानकरीको लागि प्रकाशन गरिएको भीमेश्वर नगरपालिकाका मुख्य प्रशासकीय अधिकृत शिषिर पौडेलले जानकारी दिनु भयो । गरिब परिवारमा सूचिकरण हुनु पर्ने कुनै परिवार छुट भएमा सम्बन्धित परिवारको अठार वर्ष उमेर पूरा गरेको ब्यक्तिले नगरपालिका कार्यालयमा आई पर्याप्त आधार र कारण सहित गुनासो दर्ता गर्न सक्ने प्रमुख प्रशासकीय अधिकृत पौडेलको भनाई रहेको छ ।

Shares

Be the first to comment on "भीमेश्वरद्वारा गरिब परिवारका प्रारम्भिक सूचि प्रकाशित"

Leave a comment

Your email address will not be published.


*