आमाबाबु विहीन बालबालिकाको लगत संकलन गरिने

चरिकोट(दीस) ः बैतेश्वर गाउँपालिकाले आमाबाबु विहीन वालबालिकाको लगत संकलन तथा अद्यावधीक गर्ने भएको छ । बागमती प्रदेश सरकार सामाजिक विकास मन्त्रालयबाट स्वीकृत कार्यक्रम अनुसार आमाबाबु विहीन बालवालिका संरक्षण कार्यक्रम अन्तर्गत बालवालिकाहरुको लगत संकलन गर्न लागिएको हो ।
आमाबाबु विहीन बालवालिका संरक्षण भत्ता स्वरुप मासिक दुईहजार रुपैयाँ उपलब्ध गराईने प्रयोजनकालागि लगत संकलन तथा अद्यावधिक गर्न लागिएको बैतेश्वर गाउँपालिकाका मुख्य प्रशासकीय अधिकृत ऋषिराम ज्ञावलीले जानकारी दिनुभयो । चैत्र चौध गतेसम्म संरक्षकले आवश्यक कागजात सहित निवेदन दिनु पर्ने तथा भत्तालिइरहेका सूचिकृत बालवालिकाको नाम अद्यावधिक गर्नु पर्ने मुख्य प्रशासकीय अधिकृत ज्ञावलीको भनाई रहेको छ ।

Shares

Be the first to comment on "आमाबाबु विहीन बालबालिकाको लगत संकलन गरिने"

Leave a comment

Your email address will not be published.


*