मजदुरको पैसा नतिरी ठेकेदार कम्पनी बेपत्ता , जिल्ला प्रशासन कार्यालयमा उजुरी

बाबुराम शर्मा ,चरिकोट ः आफूहरु ठगिएको भन्दै गौरीशङ्कर गाउँपालिका वडा नम्बर ९ को स्वास्थ्य चौकी भवन निर्माणमा संलग्न मजदुरहरुले जिल्ला प्रशासन कार्यालय दोलखामा उजुरी दिएका छन् । मुख्य ठेकेदार कम्पनीबाट कामको जिम्मालिएका दुई जना पेटी ठेकेदार ज्याला नदिई फरार भएपछि भवन निर्माणमा संलग्न मजदुरहरुले जिल्ला प्रशासन कार्यालय दोलखामा उजुरी दिएका हुन् ।
स्वास्थ्य चौकी भवन निर्माणको जिम्मा लिएको ओमबुद्ध हरि जेभी कन्ट्रयाक्टर कम्पनीको काम जिम्मालिएका सिंहबहादुर तमाङ र सूर्यबहादुर तमाङ ज्याला नदिई फरार भएपछि आफूहरु जिल्ला प्रशासन कार्यालयमा उजुरी दिन बाध्य भएको पिडित मजदुर पीडित लाक्पा थुन्डु शेर्पाले बताउनु भयो । शेर्पाका अनुसार करिब एकसय जनालाई ज्याला नदिई भीमेश्वर नगरपालिका वडा नम्बर दुई स्थायी ठेगाना भएका सिंहबहादुर तामाङ र सूर्यबहादुर तामाङ सम्पर्क विहिन भएका हुन् । उनीहरुले मजदुरहरुको करिब १५ लाख भुक्तानी दिन बाँकी रहेको पीडित मजदुरहरुको भनाई रहेको छ । करिब छ महिना देखि तामाङद्वय सम्पर्क विहिन भएपछि मंगलवार पीडित मजदुरहरुले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका छन् ।
पीडित मजदुर लाक्पा थुन्डुका अनुसार स्थानीयलाई काम समेत लगाएका पेमारिता शेर्पाको साढे ६३ हजार, पासाङ शेर्पाको ७० हजार, भीमबहादुर तमाङको साढे ७१ हजार, राजबहादुर तमाङको साढे ७० हजार, छिरिङ तमाङको ७० हजार, हुमान तामाङको साढे ४९ हजार, तेम्बी शेर्पाको ३० हजार, सोम्बा तामाङको ४० हजार,पुकार तमाङको ११ हजार, साङगे शेर्पाको साढे तीन हजार, प्रेम तमाङको तीन हजार, रमेश खडकाको तीन हजार, निमारिन्जी शेर्पाको १७ हजार ९०२, हर्कमान तामाङको ७० हजार, लाक्पा थुन्डु शेर्पाको एक लाख ३५ हजार ९०, याङजी शेर्पाको १४ हजार, पेमछिकी शेर्पाको ६ हजार आठ सय, विन्दु तमाङको छ हजार, मिङमाडिकीर फुदोर्जी शेर्पाको १२ हजार र धर्मराज आचार्यको दुई हजार पाउन बाँकी रहेको छ ।
त्यसै गरी ढुङगा फुटाएको एक लाख ४२ हजार ७७५, काठ कटान र ढुवानी ७१ हजार आठ सय, बालुवा ढुवानी पहिलो पटको छ लाख ३३ हजार १२५ समेत गरी कुल १५ लाख ९६ हजार ९९२ रुपियाँभुक्तानी नदिई ठेकेदार फरार रहेकाले निजलाई फक्राउ गरी कारवाही गर्न र भुक्तानी नभएसम्म ओमबुद्ध हरि जेभी कन्ट्रयाक्टर कम्पनीको धरौटी रकम रोकिदिन जिल्ला प्रशासन कार्यालय दोलखामा निवेदन दिएको पीडित लाक्पा थुन्डु शेर्पाले बताउनु भयो ।

Shares

Be the first to comment on "मजदुरको पैसा नतिरी ठेकेदार कम्पनी बेपत्ता , जिल्ला प्रशासन कार्यालयमा उजुरी"

Leave a comment

Your email address will not be published.


*