दोलखामा दुधको मुल्य वृद्धि

दोलखा। दोलखामा दुधको मुल्य वृद्धि भएको छ। दोलखा दुग्ध उधोग लिमिटेड चरिकोट ले एक सुचना सार्वजनिक गर्दै दुधजन्य पदार्थको मूल्य वृद्धि भएको जनाएको हो। आज चैत १ गते देखि दुधजन्य पदार्थमा नयाँ मुल्य सुचि निर्धारण गर्दै प्याकेट दुधकाे डिलर खरिद मूल्य रु ९५ छ भने उपाेभाेक्ता मूल्य रु १०० रुपैयाँ मा कायम गरिएको छ। प्याक गरिएकाे दहीकाे डिलर खरिद मूल्य रु १३२ छ भने उपाेभाेक्ता मूल्य रु १४० रहेकाे छ । त्यस्तै सुगर फ्रि (जार) दहीकाे डिलर खरिद मूल्य रु१६० र उपाेभाेक्ता मूल्य रु १७० निर्धारण गरिएको छ।‌ नेपाल सरकारको निर्णय अनुसार कच्चा दुधको खरिद मुल्य वृद्धि भए सँगै दोलखा दुग्ध उधोग लिमिटेड बाट उत्पादित दुध तथा दुग्ध पदार्थहरूको विक्री मुल्य परिवर्तन गरिएको जनाएको हो।

Shares

Be the first to comment on "दोलखामा दुधको मुल्य वृद्धि"

Leave a comment

Your email address will not be published.


*