तामाकोसी गाउँपालिकाको केन्द्र गोप्य मतदानबाट छनोट गरिने

चरिकोट(दीस) ः तामाकोसी गाउँपालिकाको पालिका केन्द्र गोप्य मतदानबाट छनोट गरिने भएको छ । सोमबार पालिका केन्द्र तोक्नका लागि बोलाईएको गाउँसभा बैठकमा प्रस्तावित केन्द्रहरु मध्ये पालिका केन्द्र गोप्य मतदानबाट तोकिने बहुमतले निर्णय गरेपछि केन्द्र गोप्य मतदानबाट छनोट गरिने भएको हो । सोमबार बसेको गाउँसभामा तामाकोसी गाउँपालिका २ झुलेका वडा अध्यक्ष ईश्वर कार्कीले वडा नम्बर ३ जफेको छौडेलाइ केन्द्र बनाउने प्रस्ताव गर्नु भएको थियो । यस्तै गरि वडा नम्बर ३ का वडा अध्यक्ष राम प्रशाद काफ्लेले सोही वडाको मानिडाडालाई केन्द्र बनाउनु पर्ने प्रस्ताव गर्नु भएको थियो । त्यसै गरि वडा नम्बर ७ का वडा अध्यक्ष खुस बहादुर सुनुवारले वडा नम्बर ४ मालुको वडा कार्यालय आसपास केन्द्र बनाउनु पर्ने प्रस्ताव राख्नु भएको थियो ।
बैठकमा खुल्ला मतदान गर्न पाउनुपर्नेमा वडा नम्बर १ भिरकोट , २ झुले र ३ जफेका १५ जना सदस्य माग गर्नुभएको थियो भने गोप्य मतदान गर्न पाउनुपर्नेमा वडा नम्बर ४ मालु,५ शहरे, ६ च्यामा का १७ जनप्रतिनिधिले माग गर्नुभएको थियो । वडा नम्बर ७ हावाका ३ जना सदस्य भने तटस्थ बसेको तामाकोसी गाउँपालिकासम्बद्ध स्रोतको दावी छ । गोप्य मतदान गर्न पाउनु पर्नेमा बहुमत भएपछि सभाले पालिकाको केन्द्र गोप्य मतदानबाट गर्ने निर्णय गरेको तामाकोसी गउँपालिकाले बताएको छ । गाउँसभाका बहालवाला सदस्यहरु मध्ये दुई तिहाईले पालिका केन्द्र तोक्न सक्ने कानुनी ब्यवस्था रहेको छ ।

Shares

Be the first to comment on "तामाकोसी गाउँपालिकाको केन्द्र गोप्य मतदानबाट छनोट गरिने"

Leave a comment

Your email address will not be published.


*