च्छोरोल्पा जनरल अस्पतालले दोलखामा सुरु ग¥यो इन्डोस्कोपी सेवा

बाबुराम शर्मा, चरिकोटः दोलखाको सदरमुकाम चरीकोटमा रहेको च्छोरोल्पा जनरल अस्पताल प्रा.लि चरिकोटले आयोजना गरेको इन्डोस्कोपी तथा शल्यक्रियाशिविर सम्पन्न भएको छ । टिचिङ अस्पतालका इन्डोस्कोपिस्ट डा. रोमीदहालको नेतृत्वमा भएको शिविरमा २१ जनाले इन्डोस्कोपी सेवालिनु भएको अस्पतालका मेडिकल डाईरेक्टर डा.विनोद दङगालले जानकारी दिनुभयो ।
जिल्लामै पहिलो पटक न्यून शुल्कमा शुरु गरिएको सेवाले दोलखा र आसपासकासेवाग्राहीलाई सेवापुगेको डा. दङगालले बताउनु भयो । शिविरमा एपेन्डिक्सको समस्याभएका दुई जनाको जटिल शल्यक्रिया समेत गरिएको छ । शिविरमा एनेस्थेसियोलोजिष्ट डा.तुलसीरामश्रेष्ठ,स्वास्थ्य प्राविधिक हिमाल श्रेष्ठ,नर्स गङगा केसीलगायतले सेवा प्रदान गर्नु भएको थियो । न्यून शूल्कमा हरेक महिनाको अन्तिम शनिबार इन्डोस्कोपी सेवाप्रदानगर्ने अस्पताल प्रशासनले जनाएको छ ।

Shares

Be the first to comment on "च्छोरोल्पा जनरल अस्पतालले दोलखामा सुरु ग¥यो इन्डोस्कोपी सेवा"

Leave a comment

Your email address will not be published.


*