काठमाडौँ, २९ फागुन (रासस) :आइसीसी पुरुष क्रिकेट विश्व कप लिग–२ अन्तर्गत नेपालले पपुवा न्युगिनीविरुद्धको खेलमा सहज जित निकालेको छ । नेपालले पपुवा न्युगिनीविरुद्धको खेल नौ विकेटले जितेको छ । पपुवा न्युगिनीले नेपालसामु जितका लागि ९६ रनको झिनो लक्ष्य प्रस्तुत गरेको थियो । नेपालले उक्त लक्ष्य सात दशमलव चार ओभरमा एक विकेट गुमाएर पूरा ग¥यो । नेपालका लागि कुशल भुर्तेल र आशिफ शेखले बिष्फोटक ब्याटिङ गरे । दुवै जनाबीच ५१ रनको साझेदारी रह्यो । शेखले २१ बल खेल्दै तीन छक्का र आठ चौकाको मद्दतमा अविजित ५३ रन बनाए । यस्तै भुर्तेलले १४ बल खेल्दै दुई छक्का र चार चौका प्रहार गरी ३३ रन बनाए । कुशल मल्लले अविजित रहँदै १२ रनको योगदान दिए । उनले १३ बल खेल्ने क्रममा एक छक्का र एक चौका हाने । बलिङतर्फ पपुवा न्युगिनीका चाड सोपरले एक विकेट लिए । यसअघि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज नेपालले टस जितेर पपुवा न्युगिनीलाई ब्याटिङ गर्ने निम्तो दिएको थियो । पपुवा न्युगिनीले निर्धारित ५० ओभरको खेलमा ३२ ओभर खेल्दै सबै विकेट गुमाएर मात्र ९५ रन बनायो । पपुवा न्युगिनीका ब्याटर नेपाली बलरसामु निरीह साबित भए । पपुवा न्युगिनीले सुरुआतमै महत्वपूर्ण दुई विकेट गुमाएको थियो । हिरी हिरी, सेसे बाउ, कप्तान असाद भाला र चाल्र्स अमिनीले केही हदसम्म पारी सम्हाल्ने प्रयास गरे । तर नेपाली बलरले उनीहरुलाई खुलेर खेल्न दिएनन । भालाले २०, बाउले १८, अमिनीले १६ तथा हिरीले १४ रन बनाए । अन्य ब्याटरले उल्लेख्य रन बनाउन सकेनन । बलिङतर्फ नेपालका सन्दीप लामिछाने एक्लैले पाँच विकेट लिए । उनी खेलको प्लेयर अफ द म्याच घोषित भए । लामिछानेले १० ओभर बलिङ गर्ने क्रममा एक मेडन राख्दै २५ रन मात्र खर्चे । यस्तै ललितनारायण राजवंशी र कुशल मल्लले दुई तथा सोमपाल कामीले एक विकेट लिए । नेपालले जारी शृङ्खलामा अब आफ्नो अन्तिम खेलमा बिहीबार युनाइटेड अरब इमिरेट्स (युएई) सित खेल्नेछ । –––
आइसीसी लिग–२ : पपुवा न्युगिनीविरुद्धको खेलमा नेपालको सहज जित
Posted By: दीक्षण दैनिक २९ फाल्गुन २०७९, सोमबार १३:३९
२ कार्तिक २०८१, शुक्रबार १४:४५
खुर्कोटमा बेली बृज निर्माण सम्पन्न
२ कार्तिक २०८१, शुक्रबार १४:३६
च्छो रोल्पा घुम्ने पर्यटकको संख्यामा बृद्धि
२ कार्तिक २०८१, शुक्रबार १४:३१
गौरीशंकर गाउँपालिकाको उपप्रमुख पदमा उपनिर्वाचनमा अनिवार्य महिला उम्मेद्वार उठाउनुपर्ने
२ कार्तिक २०८१, शुक्रबार १४:४९
मनलाग्दी भाडा लिएको भन्दै वडाले निकाल्यो विज्ञप्ति
२ कार्तिक २०८१, शुक्रबार १५:१५
चालु आर्थिक बर्ष जिरीमा ५० हजार पर्यटक भित्र्याउने लक्ष्य
२ कार्तिक २०८१, शुक्रबार १५:०७
दोलखामा ट्राफिक कार्यालयको सकृयता बढ्यो
२ कार्तिक २०८१, शुक्रबार २०:२०
रास्वपा सभापति लामिछाने प्रहरी नियन्त्रणमा
२ कार्तिक २०८१, शुक्रबार १४:५४
भीमेश्वर नगरपालिकाले कुकुरको बन्ध्याकरण गर्ने
२ कार्तिक २०८१, शुक्रबार १५:२८
सन्दीपले पाए अमेरिकाको भिसा, आजै बेलुका उड्ने
२ कार्तिक २०८१, शुक्रबार १५:३३
लुक्लाको मौसम प्रतिकुल हुँदा पर्यटकलाई सास्ती
२ कार्तिक २०८१, शुक्रबार १५:४५
देशभरको तापक्रम क्रमशः घट्दो
२ कार्तिक २०८१, शुक्रबार १५:३८
टि–२०ः नेपालद्वारा अमेरिका पराजित
२ कार्तिक २०८१, शुक्रबार १५:३५
Be the first to comment on "आइसीसी लिग–२ : पपुवा न्युगिनीविरुद्धको खेलमा नेपालको सहज जित"