शेयरधनीलाई अबसर ःदोलखा महोत्सवमा अपर तामाकोसी हाइड्रोपावरको शेयर डिम्याट खातामा अभौतिककरण हुने

चरिकोट(दीस) ः दोलखा महोत्सवमा अपर तामाकोसी हाइड्रोपावरको शेयर डिम्याट खातामा जम्मा गर्ने व्यवस्था मिलाइने भएको छ । फागुन १९ देखि २९ गतेसम्म चरिकोट टुँडीखेलमा हुने महोत्सवमा डिम्याट खाता खोल्ने र शेयर जम्मा गर्ने व्यवस्था मिलाइने भएको हो ।
शेयर डिम्याट खातामा अभौतिककरण गरेपछि मात्र खरिद बिक्री गर्न मिल्छ । तर दोलखाका ७५ प्रतिशतले शेयर अभौतिकरण गरेका छैनन् । उनीहरुलाई लक्षित गरी महोत्सवमा डिम्याट खाता खोल्ने तथा शेयर अभौतिकिकरण गर्ने व्यवस्था मिलाइने आयोजकले जनाएको छ । आयोजक संस्था दोलखा चेम्बर अफ कमर्सका उपाध्यक्ष रुद्रजङ्ग बुढाथोकीले अपर तामाकोसीको आधिकारिक शेयरको कारोबार गर्ने सनराईज क्यापिटल तथा सम्बन्धित ब्रोकरहरूले महोत्सव अवधिभर सेवा प्रवाह गर्ने बताउनु भयो । डिम्याट खाता खोल्न जाँदा फोटो र नागरिकता लिएर जानु पर्ने उहाँको भनाई छ । डिम्याट खाता खोली शेयर अभौतिककरण गर्नाले भविष्यमा वितरण गर्ने बोनस शेयर तथा अन्य सुविधाहरू डिम्याट खातामा जम्मा हुने छ ।

Shares

Be the first to comment on "शेयरधनीलाई अबसर ःदोलखा महोत्सवमा अपर तामाकोसी हाइड्रोपावरको शेयर डिम्याट खातामा अभौतिककरण हुने"

Leave a comment

Your email address will not be published.


*