दोलखामा बर्डफ्लु भित्रिन नदिन सतर्कता अपनाइदै

Bird flu virus and rare strain viral infected livestock as chickens and poultry as a health risk for global infection outbreak and disease control concept or agricultural public safety symbol with 3D illustration elements.

चरिकोटः दोलखामा बर्ड फ्लु संक्रमण भित्रिन नदिनका लागि सतर्कता अपनाउन थालिएको छ । भक्तपुरमा देखिएको बर्ड फ्लु रोग र सोको कारण यस जिल्लामा समेत बर्ड फ्लु फैलिन सक्ने जोखिमलाई बिश्लेषण गरी सतर्कता अपनाउन थालिएको हो ।
स्थानीय प्रशासनले बर्डफ्लु रोकथामका लागि पन्छी र पन्छीजन्य उत्पादनको अवैद्य ओसारपसारमा रोक लगाएको छ । पंक्षीबाट नै बर्ड फ्लु सर्ने भएकाले बाहिरी जिल्लाहरुबाट अवैद्य कुखुराजन्य पदार्थ (कुखुरा, चल्ला र अण्डा आयात गर्न रोक लगाइएको हो । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका निमित्त प्रमुख डाक्टर पलट चौधरीले जिल्लामा बर्डफ्लु संक्रमण फैलिई नसकेका कारण आत्तिन पर्ने अवस्था नरहे पनि ढुक्क हुने अवस्था पनि नरहेको बताउँदै उहाँले सर्तकता अपनाउन थालिएको बताउनु भयो । बर्डफ्लू रोकथामका लागि सतर्कता स्वरुप केही समयका लागि पन्छी तथा पन्छीजन्य पदार्थ ओसारपसारमा निरुत्साहित गर्न थालिएको बताउनु भयो । बाहिरी जिल्लाबाट कुखुरा, अण्डा र मासुजन्य पदार्थ आयात गर्दा पशु सेवा विज्ञ केन्द्रको पूर्व स्वीकृति लिनु पर्ने उहाँले बताउनु भयो । स्वीकृति बेगर आयात गरिएमा प्रहरीले नियन्त्रणमा लिएर नष्ट गर्न सक्ने बताइएको छ । प्रहरीले जिल्ला प्रवेश गर्ने खरीढुँगा र किर्ने नाकामा कडाइ गरेको छ ।
कुखुरा फार्ममा जैविक सुरक्षाका विधिहरु अवलम्बन गर्न, नियमित रुपमा निसंक्रमण गर्न तथा व्यक्तिगत सरसफाईमा विशेष ध्यान दिन र अस्वभाविक रुपमा पन्छी बिरामी परेमा वा मरेमा तत्काल जानकारी गराउन पशु सेवा विज्ञ केन्द्रले किसानहरुलाई अनुरोध गरेको छ ।

Shares

Be the first to comment on "दोलखामा बर्डफ्लु भित्रिन नदिन सतर्कता अपनाइदै"

Leave a comment

Your email address will not be published.


*