सामाजिक सुरक्षा र व्यक्तिगत घटना दर्ता सम्बन्धी अभिमुखीकरण सम्पन्न

दीक्षण समाचार
चरिकोट, माघ २४
दोलखाको भीमेश्वर नगरपालिका–४ जिलुमा सामाजिक सुरक्षा तथा ब्यक्तिगत घटना दर्ता सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । नगरपालिकाको आयोजनामा मंगलबार भएको अभिमुखीकरण कार्यक्रममा स्थानीय ४० जनाको सहभागिता रहेको थियो । सहभागीहरुलाई कविता ढुँगेल र शान्ति नेपालले सामाजिक सुरक्षा भत्ता प्राप्त र व्यक्तिगत घटना दर्ता गर्ने प्रक्रिया, कानूनी प्रावधान, व्यवहारिक तथा शैद्धान्तिक समस्याहरुको समाधान विधि लगायतका विषयमा सहजीकरण गर्नु भएको थियो । कार्यक्रम वडाध्यक्ष तारानाथ चौलागाईँको अध्यक्षतामा भएको थियो ।

Shares

Be the first to comment on "सामाजिक सुरक्षा र व्यक्तिगत घटना दर्ता सम्बन्धी अभिमुखीकरण सम्पन्न"

Leave a comment

Your email address will not be published.


*