जिलुमा हाते ट्याक्टर मर्मत तालिम सुरु

दीक्षण समाचार
चरिकोट, माघ २३
दोलखाको भीमेश्वर नगरपालिका–४ जिलुमा दश दिने हाते ट्याक्टर मर्मत तालिम सुरु भएको छ । वडा कार्यालयको आर्थिक सहयोगमा जिलु साना किसान कृषि सहकारी संस्थाले आइतबारदेखि तालिम आयोजना गरेको हो ।
तालिम उद्घाटन गर्नुहुँदै वडाध्यक्ष तारानाथ चौलागाईंले हाते ट्याक्टरमा प्राविधिक समस्या आउँदा मर्मतसम्भार गर्ने दक्ष जनशक्ति उत्पादनका लागि तालिम आयोजना गरिएको बताउनु भयो । गाउँमै हाते ट्याक्टर मर्मत सम्भार गरी किसानहरुको समय र पैसाको बचत गराउन तालिम उपयोगी रहेको उहाँको भनाइ थियो ।
तालिममा १२ जनाको सहभागिता रहेको छ । सहभागीहरुलाई इन्द्रदेव चौलागाईँ लगायतले सहजीकरण गरिरहनु भएको छ । कम लागतमा उत्पादन वृद्धि गर्न गाउँगाउँमा हाते ट्याक्टरको प्रयोग बढेको छ । तर मर्मतसम्भार सम्बन्धी सीप र क्षमताको अभावमा किसानहरूले समस्या खेप्नुपरेको छ । त्यो समस्या समाधानका लागि तालिम आयोजना जिलु साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष अर्जुनप्रसाद चौलागाईले बताउनु भयो । उहाँले पराम्परागत कृषि प्रणालीलाई त्यागेर आधुनिक र व्यवसायिक कृषि प्रणालीलाई अबलम्बन गर्नु पर्ने खाँचो रहेको बताउनु भयो ।

Shares

Be the first to comment on "जिलुमा हाते ट्याक्टर मर्मत तालिम सुरु"

Leave a comment

Your email address will not be published.


*