दोलखामा सञ्चालित योजनाहरुको अनुगमन

दीक्षण समाचार
चरिकोट, माघ १८
जिल्ला समन्वय समिति दोलखाले नौ वटै पालिकामा सञ्चालित विभिन्न योजनाहरुको अनुगमन गरेको छ । समितिका प्रमुख, उप्रमुख, सदस्य र कर्मचारीहरुको टोलीले जिल्लाको नौ वटै पालिकामा सञ्चालित विकास निर्माण योजनाहरुको स्थलगत अनुगमन गरेको हो ।
स्थानीय तह, प्रदेश र संघिय सरकार मार्फत चालु वर्षमा भएका भौतिक, प्राविधिक र आर्थिक प्रगती र प्रभावकारिता लगायतका पक्षहरुमा अनुगमन गरिएको समितिका प्रमुख बर्जुराम घतानीले बताउनु भयो । कमीकमजोरीहरुलाई सुधार गर्दै विकास निर्माण र कार्यसम्पादनमा प्रभावकारिता कायम गराउनका लागि नियमित कार्यक्रम अनुसार अनुगमन गरिएको उहाँले बताउनु भयो । अनुगमनका क्रममा विकास निर्माणको निर्णय र कार्यान्वयन प्रक्रियामा जनसहभागिता बढाई तोकिएकै समयमा कार्सम्पन्न गराउने गरी योजना बनाउन र विकास निर्माण कार्यलाई सन्तुलित गराउन भुमिका खेल्न पालिकालाई सुझाव दिएको जिसस प्रमुख घतानीले बताउनु भयो । उहाँले जिल्लाको सहकारी कार्यालयहरुको पनि अनुगमन भईरहेको जानकारी दिनु भयो । प्रदेश अन्तर्गतका कार्यालयहरुको अनुगमन भईसकेको र अब संघ अन्तर्गतको कार्यालयहरुको अनुगमन सुरु गरिने उहाँको भनाई छ ।

Shares

Be the first to comment on "दोलखामा सञ्चालित योजनाहरुको अनुगमन"

Leave a comment

Your email address will not be published.


*