सेवा शुल्क बढाइएकोमा विरोध

चरिकोट(दीस) ः सदरमुकाम चरिकोटमा रहेको पशुपति चौलागाईं स्मृति अस्पतालले सेवा शुल्क लिन थालेपछि विरोध जनाइएको छ । निःशुल्क सेवा दिएर विपन्न नागरिकको भरोसा बनेको अस्पतालले माघ लाग्ने बित्तिकै शुल्क लिन थालेपछि सामाजिक अभियान्ताहरुले विरोध जनाएका हुन् ।
चर्को सेवा शुल्क लिने अस्पताल व्यवस्थापन समितिको निर्णय प्रति ध्यानाकर्षण भएको उल्लेख गर्दै अभियान्ताहरुले सोमबार अपिल पत्र जारी.गरी उक्त निर्णय खारेज गर्न माग गरेका छन् । अपिल पत्रमा सेवाग्राहीको ढाड सेकिने गरी सरोकारवालाहरुको छलफल बिनै मंहगो शुल्क निर्धारण गरिएको प्रति खेद व्यक्त गरिएको छ । अस्पतालको शुल्क दररेट निजी अस्पतालको भन्दा चर्को रहेको अपिलपत्रमा उल्लेख गएिको छ । हाल कायम भएको दररेट तत्काल खारेज गरी अस्पताल सेवाग्राही अनुकुल हुने बनाउन माग गरिएको छ । अस्पतालले सेवा शुल्क लिन थालेपछि विपन्न र गरिब नागरिकहरु उपचार सेवाबाट वञ्चित भएको अभियान्ताहरुले बताएका छन् । उनीहरुले आर्थिक स्रोतसँगै दक्ष जनशक्ति र सामाग्री जुटाएर अस्पताल सञ्चालन तथा व्यवस्थापन थप चुस्त र प्रभावकारी बनाएर नागरिकको मन जित्न अपिल गरेका छन् । यस्तै जिल्लामा गुणस्तरीय स्वास्थ्य सेवाको सुनिश्चितताका लागि संघीय, प्रदेश र स्थानीय सरकार सहित सरोकारवालालाई पत्रमा आग्रह गरिएको छ ।

Shares

Be the first to comment on "सेवा शुल्क बढाइएकोमा विरोध"

Leave a comment

Your email address will not be published.


*