भीमेश्वरको पूँजीगत खर्च २८ प्रतिशत

नवराज, चरिकोटः भीमेश्वर नगरपालिकाको २८ प्रतिशत पूँजिगत खर्च गरेको छ । आर्थिक वर्षको छ महिनाको अवधिमा नगरले चालु आर्थिक वर्षको लागि विनियोजन गरेको कुल बजेटको २८ दशमलब १२ प्रतिशत खर्च गरेको हो ।
चालु आर्थिक वर्षको छ महिना वित्दा नगरले पूजितग तर्फ १३ करोड १९ लाख ५५ हजार रुपैयाँ खर्च गरेको भीमेश्वर नगरपालिकाका सूचना अधिकारी जगदिश अर्यालले जानकारी दिनु भयो । नगरपालिकाले आर्थिक वर्ष २०७९–८० को लागि नगर पालिका भित्रका विकास योजनाहरुकोलागि पूँजितग खर्चको रुपमा कुल ४६ करोड ९१ लाख ८६ हजार रुपैयाँ बजेट विनियोज गरेको थियो ।
चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा नगरपालिका स्तरका योजना तथा वडा स्तरीय योजनाकालागि विनियोजन गरिएको पूँजिगत खर्च को २८ दशमलब १२ प्रतिशत देखिएपनि यो भन्दा बढीको काम भएको सूचना अधिकारी अर्यालको भनाई रहेको छ । नगरपालिकाका कामहरु अन्य कार्यालयहरुको भन्दा फरक प्रकृतिका हुने भएकोले भुक्तानी भएभन्दा बढीको काम भएको सूचना अधिकारी अर्यालको दावी छ । नगरका विकासका योजनाहरु ठेक्का मार्फत मात्र नभई धेरै काम उभोक्ता समिति मार्फत हुने हुनाले वित्तिय प्रगति कम देखिने उहाँले बताउनु भयो ।
“ठेकेदार मार्फत गराईने काममा मोविलाइजेसनको कारण वित्तिय प्रगति बढी देखिन्छ तर उपभोक्ता समिति मार्फत हुने काममा मोविलाईजेसन दिन मिल्दैन ।” अर्यालले भन्नु भयो,“ काम सम्पन्न भएपछि मात्र भुक्तानी दिइने हुँदा कतिपय सम्पन्न योजनाहरुको रकम भुक्तानी प्रकृयामा रहेको ले यो पूँजिगत खर्चलाई कम भन्न मिल्दैन । ”
चालु खर्च तर्फ भने छ महिनाको अवधिमा ४२ दशमलब ७४ प्रतिशत खर्च भएको नगरपालिकाको तथ्याङ्क छ । चालुआर्थिक वर्षकोलागि चालु तर्फ ४५ करोड २५ लाख ५५ हजार रुपैयाँ विनियोजन गरिएको मा आर्थिक वर्षको छ महिनाको अवधिमा १९ करोड ३४ लाख रुपैयाँ खर्च भएको सूचना अधिकारी अर्यालले बताउनु भयो ।
आर्थिक वर्षको अरु महिनामा पूँजिगत खर्च कम हुने र असारमा एकै पटक भूक्तानी दिने प्रबृत्ति बढ्दा कामको गुणस्तर कम हुने र भ्रष्टाचारको सम्भावना बढ्ने हुन्छ । भीमेश्वर नगरको अहिलेको पूँजितग खर्च सन्तोषजनक जस्तो देखिएपनि अझै यो खर्च बढाउनेतर्फ नगरको ध्यान जान आवश्यक रहेको भीमेश्वर नगरका स्थानीयहरुको भनाई रहेको छ ।

Shares

Be the first to comment on "भीमेश्वरको पूँजीगत खर्च २८ प्रतिशत"

Leave a comment

Your email address will not be published.


*