दोलखा उद्योग वाणिज्य संघको अधिवेशन बैशाख १५ मा हुने

चरिकोट(दीस) ः दोलखा उद्योग वाणिज्य संघको अधिवेशन २०८० बैशाख १५ गते हुने भएको छ । संघको विधानअनुसार २०७९ बैशाखमा हुनु पर्ने २३ औँ अधिवेशन स्थानीय तहको निर्वाचनको कारण हुन नसकेपछि एक वर्ष ढिला गरी हुन लागेको हो । बिहीबार बसेको संघको बैकठले अधिवेशनको मिति तय गरेको कार्यवाहक महासचिव विमल श्रेष्ठले बताउनु भयो । मिति तय भएसँगै अधिवेशनको आन्तरिक तयारी पनि सुरु भएको उहाँको भनाई छ ।
संघको विधान बमोजिम गत बैशाखमा संघको अधिवेशन हुनुपर्ने थियो । तर स्थानीय तहको निर्वाचनको कारण हुन सकेन । त्यसपछि चाडपर्व र प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनले गर्दा अधिवेशन हुन नसकेको महासचिव श्रेष्ठले बताउनु भयो । संघको विधानबमोजिम समयमै अधिवेशन नगरेपछि वर्तमान कार्यसमति विरुद्ध केही ब्यावसायीहरुले जिल्ला प्रशासन कार्यालय दोलखामा तत्काल अधिवेशन गराउन माग गर्दै निवेदन दिनु भएको थियो ।

Shares

Be the first to comment on "दोलखा उद्योग वाणिज्य संघको अधिवेशन बैशाख १५ मा हुने"

Leave a comment

Your email address will not be published.


*