आधुनिक फलफूल खेतितर्फ दोलखाका किसानहरुको आकर्षण बढ्दै

चरिकोट(दीस) ः दोलखाका किसानहरु आधुनिक फलफूल खेतितर्फ आर्षित हुँदै गएका छन । परम्परागत खेतीबाट राम्रो आमदानी नहुने भएपछि उनीहरु आधुनिक फलफूल खेतितर्फ आर्षित हुन थालेका हुन् । लेकको जग्गामा परमपरागत कोदो मकै लगाउँदा खासै उत्पादन नहुने भएकोले आफूले नर्सरीबाट विरुवा उत्पादन तथा किवी खेती गरिरहेको भीमेश्वर नगरपालिका वडा नम्बर एकका बलराम शिवाकोटीले बताउनु भयो । यसैगरी वडा नम्बर एककै सर्की शेर्पाले पनि फम नैं दर्ता गरी किवी खेति गरिरहनु भएको छ । फमबाट किवी उत्पादन सुरु भइसकेको छ । किवी मात्र होइन अहिले दोलखाका पानी नलाग्ने ठाउँहरुमास ड्रागन फ्रुटको पनि खेति सुरु गरिएको छ ।
विगु गाउँपालिका वडा नम्बर ३ बुलुङकी युवा कृषक जतना खड्का जग्गा बाँझो राख्नु भन्दा आधुनिक तरिकाले किवी फल लगाउनुनै उपयुक्त ठानी आफूले किवी खेति गरेको बताउनु हुन्छ । किवी उत्पादन सुरु भएकोले अब आमदानी हुन सुरु गरेको उहाँको भनाई छ । बाँदर आतंकबाट पिडित दोलखा जिल्लामा अहिले बाँदरले नखाने खालका फलफूल लगाउने सोचमा किसानहरु पुगेका छन् । किवी बाँदरले खाँदैन अरु जंगली जनावरले पनि खासै दुःख दिँदैनन् विरुवा लगाई हेरचाह गरेमा ३–४ वर्ष देखि फल दिन थाल्छ । मलखाद तथा सिंचाईको राम्रो ब्यवास्था गरिएमा किवीले औषत एक बोटबाट ५० केजी फल उत्पादन हुन्छ ।
किवी मात्रै होइन सुक्खा र कम उचाई भएका ठाउँहरुमा अहिले दोलखामा पनि ड्रागन फ्रुटको खेति गर्न सुरु गरिएको छ । बैतेश्वर गाउँपालिका वडा नम्बर ५ नाम्दुका मानबहादुर तामाङले करिब १० रोपनी जग्गामा ड्रागन फ्रूटको खेति सुरु गर्नु भएको छ । आन्तरिक पर्यटकहरु समेत उहाँको खेति हेर्न आउन थालेका छन् । यसबाट उहाँलाई यो खेति अगाडि बढाउन निक्कै हौसला बढेको छ ।
सरकारले कृषि क्षेत्रको विकासकालागि केही सहुलियत पनि दिने गरेको छ । तर यतिमात्र पर्याप्त नभएको किसानहरुको गुनासो रहेको छ । उत्पानमा मात्र होइन बजारीकरणमा सरकारले सहजिकरण गरिदिनु पर्ने किसानहरुको माग छ । उत्पादन र बजारीकरणमा सरकारले सहजिकरण गरिदिेन हो भने रोजगारीकालागि विदेश जाने लाईन घट्ने कृषि पेशा अँगालिरहेका युवा कृषकहरको विश्वास छ ।

Shares

Be the first to comment on "आधुनिक फलफूल खेतितर्फ दोलखाका किसानहरुको आकर्षण बढ्दै"

Leave a comment

Your email address will not be published.


*