हिमाल आरोहणकालागि नयाँ ट्रयाक


बाबुराम शर्मा, चरिकोट ः सर्वोच्च शिखर सगरमाथाको पटक–पटक आरोहण गरिसकेका दोलखाका तीन हिमआरोही हरुले रोल्वालिङ हिमशृङ्खलाका दर्जनौँ हिमाल आरोहणका लागि ट्रर्याक खोल्ने काममा लागिरहनु भएको छ । उत्तरी दुर्गममा रहेका बिगु गाउँपालिका र गौरीशङ्कर गाउँपालिकालाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न रोलवालिङ क्षेत्रका हिमाल आरोहणकालागि नयाँ ट्रर्याक खोल्ने काममा उहाँहरु लागि रहनु भएको छ ।
सगरमाथाको १५औँ पटक आरोहण गरिसक्नु भएका बेदिङका फुर्वा तेन्जिङ शेर्पाले आफ्नो कम्पनी ड्रिमरमार्फत यहाँका ५५ सय मिटरमाथिका दर्जनभन्दा बढी हिमालको ट्रर्याक खोलिसकेको बताउनु भयो । ट्रर्याक खोलिएका हिमालहरुमा पिग फेरागो
(५५०० मिटर), फाग्मो (५६३६ मिटर), ठकार्गो इस्ट (६१२५ मिटर), लाङडाक (६२२० मिटर), राङसियर (६२२४ मिटर), बामाङो
(६४०० मिटर), खाङकार्पा (६६४६ मिटर), पिग फरागो (६६५९ मिटर) र पानालोटप्पा (६६८७ मिटर) रहेका छन् ।
विश्वका सबैभन्दा अग्ला १४ हिमाल आरोहण गरिसक्नुभएका ट्रर्याक खोल्न लागिरहनुभएका कीर्तिमानी आरोही निमाग्याल्जेन शेर्पाले टासी लाप्चा र रामदुङ हिमालको बीचमा नयाँ पत्ता लागेको ६ हजार ६९६ मिटर अग्लो पानिया टिप्पा हिमालको ट्र्याक पत्ता लगाई आरोहण गर्नुभएको छ । पाँच पटक सगरमाथा आरोहण गरिसक्नु भएका बिगु गाउँपालिका वडा नम्बर १, लामाबगरका लीलाबहादुर बस्नेतले छेपाभुमारे, हामाभुमारे र नक्पुँभुमारेको ट्रर्याक पत्ता लगाउन तयारी गरिरहेको बताउनु भयो । नयाँ ट्रर्याकहरु खुलेपछि हिमाल आरोहणकालागि यो क्षेत्रमा हिमआरोहीहरुको संख्यामा बृद्धि हुने उहाँहरुको विश्वास रहेको छ ।

Shares

Be the first to comment on "हिमाल आरोहणकालागि नयाँ ट्रयाक"

Leave a comment

Your email address will not be published.


*