बाँदर भगाउन कालिञ्चोक ८ मा खेती योग्य खेत र बारीको रुख हटाउन वडाको निर्देशन

चरिकोट (दीस) ः कालिञ्चोक गाउँपालिका वडा नम्बर आठले खेतवारीमा रहेका अनावश्यक रुख विरुवा हटाउन आग्रह गरेको छ । वडामा बाँदर आतंक बढेको तथा खेतियोग्य जमिन बाँझो बन्ने क्रम बढेपछि वडाले यस्तो आग्रह गरेको हो ।
जमिन बाँझो राख्ने प्रबृत्ति बढ्दै गएको तथा खेतियोग्य जमिन जंगलमा परिणत भई बाँदर आतंक समेत बढेकोले वडा वासीलाई निजि जमिनमा रहेका अनावश्यक रुख काट्न आग्रह गरिएको वडाध्यक्ष बालकृष्ण आचार्यले बताउनु भयो । उर्वर जमिन बाँझो राख्ने तथा जमिनमा अत्यधिक रुख हुँदा बाँदरलाई आश्रय भएकोले फलफूलका बोट तथा डाले घाँसका रुखबाहेक अरु रुख हटाउन आग्रह गरिएको उहाँको भनाई छ । निजी जमिनमा रहेका अनावश्यक रुख हटाउँदा बाँदर आतंक कम हुने तथा उवराशक्तियुक्त जमिन बाँझोहुनबाट समेत जोगिने वडाको आशा छ । वडाले सुचना जारी गरेपछि किसान उत्साहित भएको आर्चायले बताउनु भयो । कालिञ्चोक गाउँपालिकाका प्रबक्ता समेत रहेका आचार्याले भन्नु भयो ,“यो अभियान पालिका भरि लिएर जाने छौ , अहिले हामी एउटा वडामा परिक्षण गर्ने छौँ । ” देशभर अहिले किसान बाँदर आतंकको कारण हैरानीमा छन् । बाँदरले पाक्न लागेको बालीलाई नष्ट गर्ने गरेको छ ।

Shares

Be the first to comment on "बाँदर भगाउन कालिञ्चोक ८ मा खेती योग्य खेत र बारीको रुख हटाउन वडाको निर्देशन"

Leave a comment

Your email address will not be published.


*