लामाबगर बन्यो अर्को सुरुङ मार्ग

नवराज शिवाकोटी
चरिकोट ः लप्चिखोला जलविद्युत आयोजनाको प्रबद्धक कम्पनी नासा हाइड्रो पावरले ८३२ मिटर सुरुङ निर्माण गरेको छ । गत नोभेम्बर महिनाबाट सुरुङ निर्माणको थालनी गरेको नासाले करिब एक वर्षको अवधिमा सो लम्बाईको सुरुङ निर्माण गरेको हो ।
जलविद्युत आयोजना निर्माण स्थलसम्म पुग्नको लागि पहुँच मार्ग निर्माणकालागि माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको ड्याम नजिक लामावगरमा कुल १ हजार ७४ मिटर सुरुङ निर्माण गर्नु पर्नेमा ८३२ दशमलव १८ मिटर सुरुङ निमाण सम्पन्न भएको नासा हाइड्रो पावर कम्पनीका इञ्जिनीयर केवी बोहोराले जानकारी दिनु भयो । बोहोराका अनुसार अब २४१ दशमलब ९८मिटर मात्र सुरुङ निर्माण गर्न बाँकी रहेको छ ।
लप्ची खोलामा निर्माण गरिने १६० मेगावाट क्षेमताको लप्चीखोला जल्विद्युत आयोजना निर्माण स्थल सम्म पुग्नकालागि कठिन भीरमा बाटो बनाउनु पर्ने भएको तथा ब्लास्टिङ गर्दा माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको ड्याममा क्षति पुग्न सक्ने भएकोले सुरुङमार्गको निर्माण गरिएको आयोजनाले बताएको छ ।
पहुँचमार्ग निर्माणकालागि बनाइएको सुरुङको चौडाई छ मिटर तथा उचाई पाँच दशमलब पाँच मिटर रहेको छ ।
आयोजना निर्माणकालागि सुरुङको ब्रेक थ्रु पछि आयोजना स्थलसम्म पुग्नकोलागि करिब १८ किलोमिटर बाटो निर्माण गर्नु पर्ने छ । सुरुङ निर्माण अगाडि नै आयोजनाको मुख्य पावरहाउस निर्माण स्थलबाट हेडवक्ससम्म पुग्नकालागि बाटो र्निमाणकालागि ३ वटा स्काइभेटरका तथा अन्य उपकरण का पार्टहरु हेलिकोप्टर बाट ढुवानी गरी लगिएको इञ्जिनीयर बोहोराको भनाई छ । आयोजनाको हेडवक्स सम्म पुग्नकोलागि करिब ६ किलोमिटर बाटोको ट्रयाक खोलिएको उहाँले बताउनु भयो ।
रनअफ रिभर प्राणालिमा आधारित सो जल विद्युत आयोजनाको निर्माण दुगड ग्रुपले गरिरहेको छ ।
लामाबगरमा माथिल्लो तामाकोशी जलविद्युत आयोजना भन्दा माथि लम्ची खोला र जुम खोला आसपासमा निजी क्षेत्रको लगानीमा तीन सय मेगावाटभन्दा बढीका करिब आधा दर्जन जलविद्युत् आयोजना निर्माण स्थलसम्म पुग्ने पहुँच मार्ग नभएका कारण अघि बढ्न सकेका छैनन ।
भभिट्टामोड देखि लामावगर हुँदै चीन सिमा सम्म बाटो निर्माण गरिने चर्चा धेरै अगाडि देखि चले पनि यो सूरुङ मार्गको ब्रेक थ्रु सम्पन्न भएपछि कम्तिमा सहज रुपमा हिडडुल गर्न पाइने आम लप्चिबासीको आशा छ ।

Shares

Be the first to comment on "लामाबगर बन्यो अर्को सुरुङ मार्ग"

Leave a comment

Your email address will not be published.


*