मुडे–ढुङ्गे सडक खण्डको काम पुनः सुरु

चरिकोट –दोलखाको शैलुङ गाउँपालिकाको मुख्य प्रवेश मार्ग मुडे–बाघखोर–ढुङ्गे सडक खण्ड स्तरोन्नति कार्य सुभारम्भ भएको छ । वर्षा सकिन लागेसँगै निर्माण कम्पनीले १६ किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य सहित पुनः काम सुरु गरेको हो ।
कालोपत्रेको जिम्मेवारी पाएको शुभकामना निर्माण सेवाले यसअघि काममा ढिलाई गर्नुका साथै बेलाबेलामा काम अलपत्र बनाएर स्थानीयलाई आजित बनाएको थियो । तर अहिले भने निर्माण कम्पनीले अलपत्र कामलाई सम्हालेर पूर्णता दिने प्रतिबद्धता सहित काम सुरु गरेको हो । स्थानीय र भौतिक पूर्वाधार कार्यालयको दबाब तथा जनप्रतिनिधिहरुको निरन्तर पहलकदमीपछि निर्माण कम्पनीले काम सुरु गरेको बताइएको छ । गाउँपालिकाका अध्यक्ष रिमलबाबु श्रोष्ठले अलपत्र सडक ठेकेदार कम्पनीले निर्माण सुरु गरेपछि सडक कालोपत्रे हुने आशा पलाएको सुनाउनु भयो ।
उहाँका अनुसार केही साताअघि देखि निर्माण कम्पनीले कामलाई सुचारु गरेको हो । यसअघि बर्षाको बाहनामा निर्माण कम्पनीले काम अवरुद्ध पारेको थियो ।
सिन्धुपाल्चोक स्थित पूर्वाधार विकास कार्यालय प्रमुख राजु श्रेष्ठले ग्राभेल र डन्डी लगायतका निर्माण सामाग्री तयार अवस्थामा रहेकोले निर्माण कम्पनीले दशैं अघि नै ग्राभेल बिछ्याएर केही स्थानमा ढलान गर्ने योजनाका साथ काम सुरु गरेको बताउनु भयो।
अक्सपाल्ट कंक्रिटसहित सो सडक खण्ड कालोपत्रे गर्न पूर्वाधार विकास कार्यालयसँग निर्माण कम्पनीले २०७६ असारमा सम्झौता गरेको थियो । ३१ करोड ७५ लाखमा दुई बर्षभित्र काम सक्ने गरी सम्भौता भएको थियो । तर पहिलो म्याद सकिएर अर्को पटक म्याद थपिँदा समेत निर्माण कम्पनीले कामलाई तीब्रता दिनुको सट्टा अलपत्र पारेको थियो। हाल सम्म ६० प्रतिशत काम सम्पन्न भएको छ । यो पटकको म्याद पुस सम्म रहेको छ। निर्माण कम्पनीले कामलाई निरन्तरता दिएको छ । अब कामको गति बढाएमा कालोपत्रे सडकको सपना पुरा हुने स्थानीयमा आशा देखिएको छ ।

Shares

Be the first to comment on "मुडे–ढुङ्गे सडक खण्डको काम पुनः सुरु"

Leave a comment

Your email address will not be published.


*