दोलखाको शैलुङ गाउँपालिका ८ का व्यापारी व्यवसायीलाई उपभोक्ताको हित र अधिकार ख्याल गर्न अनुरोध

राजकुमार भुजेल÷चरिकोट, –दोलखाको शैलुङ गाउँपालिका वडा नं. ८ का व्यापारी व्यवसायीलाई उपभोक्ताको हित र अधिकार ख्याल गर्न अनुरोध गरिएको छ । वडा कार्यालयले एक सूचना जारी गर्दै दैनिक उपभोग्य सामाग्रीहरुको मूल्य सुचि राख्न र म्याद गुज्रेका सामाग्री बिक्री नगर्न व्यापारी व्यवसायीहरुलाई अनुरोध गरेको हो ।
खाद्यान्न, माछामासु फलफूल पेयपदार्थ लगाएतका सामाग्रीहरूको मूल्य सुचि १५ दिन भित्र राख्न र म्याद गुज्रेका सामाग्री १० भित्र नष्ट वा सम्बन्धित ठाउँमा फिर्ता गर्न सुचनामा उल्लेख गरिएको छ ।
सुचनामा उल्लेख गरिए अनुसार व्यापारीव् यवसायीहरुले नगरेमा प्रचलित कानुन बमोजिम कारबाही गरिने वडाध्यक्ष धनबहादुर तामाङले बताउनु भयो । उहाँले बजारमा ठगिनबाट जोगिन नागरिकहरुलाई सचेत हुन अनुरोध गर्नु भएको छ । चाडपर्व नजिकिए सँगै बजारमा उपभोक्ता हित प्रतिकुलका गतिविधि बढ्न सक्ने भएकोले त्यसलाई रोकथाम र नियन्त्रण गरिने वडाध्यक्ष तामाङले बताउनु भयो ।

Shares

Be the first to comment on "दोलखाको शैलुङ गाउँपालिका ८ का व्यापारी व्यवसायीलाई उपभोक्ताको हित र अधिकार ख्याल गर्न अनुरोध"

Leave a comment

Your email address will not be published.


*