तिखातलमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

दीक्षण समाचार
चरिकोट, भदौ १९
दोलखाको भीमेश्वर नगरपालिका वडा नं. २ स्थित तिखातलमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । चरिकोटमा अवस्थित परोपकार महिला सहकारी संस्थाले आफ्ना सदस्यहरुलाई लक्षित गरी वित्तीय साक्षरता एवं सदस्य शिक्षा शिविर आयोजना गरेको हो ।

पहिलो चरण अन्तर्गत आयोजित सो कार्यक्रमको सहजीकरण संस्थाका अध्यक्ष शर्मिला सापकोटा र कोषाध्यक्ष भवानी खड्काले गर्नु भएको थियो । उहाँहरुले कार्यक्रममा आम्दानी, खर्च, बचत, ऋण, बिमा तथा विप्रेषण सेवा लगायतका विषयमा जानकारीमुलक प्रस्तुति प्रस्तुत गर्नुभएको थियो ।
अध्यक्ष सापकोटाले आफ्ना सदस्यहरुलाई वित्तीय कारोबार गर्ने उपाय र ज्ञानसम्बन्धी जानकारी दिई सचेत पार्ने उद्धेश्यले उक्त कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । कार्यक्रमको अवसरमा नयाँ सदस्य समेत वितरण गरिएको उहाँले सुनाउनुभयो ।

Shares

Be the first to comment on "तिखातलमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न"

Leave a comment

Your email address will not be published.


*