पुनः जँगलमै फर्कियो फार्ममा छिरेको चितुवा

दीक्षण समाचार
चरिकोट, साउन ११
दोलखाको भीमेश्वर नगरपालिका वडा नं. ७ स्थित कालिज फार्ममा छिरेको चितुवालाई वनमै फर्काइएको छ । तारजालीले बेरिएको फार्ममा कालिज खान पसेको चितुवा त्यहीँ फसेर एक हजार भन्दा बढी कालिज मारिदिएको थियो । उक्त चितुवालाई वन कार्यालयको पहलमा काठमाडौँबाट आएको टोलीले त्यहाँबाट निकालेर नियन्त्रणमा राखेको थियो । नियन्त्रणमा लिइएको चितुवालाई कानूनी व्यवस्था अनुसार उसको बासस्थान जँगलमै फर्काइएको वन कार्यालय प्रमुख थिर बहादुर कार्कीले सुनाउनुभयो । उहाँका अनुसार चितुवालाई गौरीशंकर संरक्षण क्षेत्रको जँगलमा लगेर छाडिएको हो । कालिज फार्ममा पसेको उक्त चितुवाले स्थानीयलाई नै आक्रमण गर्न खोजेपछि उनीहरुले हानेर घाइते बनाएका थिए । घाइते अवस्थामा रहेको चितुवालाई डार्टिङ गरी लठ्याएर वन कार्यालयको नियन्त्रणमा राखिएको र उपचार गरी जँगलमै पर्काइएको हो ।

Shares

Be the first to comment on "पुनः जँगलमै फर्कियो फार्ममा छिरेको चितुवा"

Leave a comment

Your email address will not be published.


*