जन्मदिनमा स्नेह केन्द्रलाई सहयोग

ईश्वर बिश्वकर्मा
चरिकोट, असार १९
कल्याण आचार्य र सपना भण्डारीले आफ्नो छोराको जन्मदिनको अवसरमा स्नेह केन्द्रलाई सहयोग गर्नुभएको छ । आर्चाय दम्पतीले छोरा सौनक आचार्यको जन्मदिनमा दोलखा स्थित हिंसा प्रभावित महिला तथा बालबालिकाको संरक्षण गरिरहेको स्नेह केन्द्रलाई खाद्यान्न सहयोग गर्नु भएको हो । सहयोग प्राप्त खाद्यान्नमा चामल, दाल, चिनी, नुन, आलु, मस्यौरा, चिउरा, चाउचाउ बिस्कुट रहेको छ । सिन्धुली घर भएका आचार्य परिवार हाल अष्ट्रेलिया रहेका छन् । सिन्धुलीमा रहेका सौनकका सानोबुबा कुमार आचार्य मार्फत सामग्री उपलब्ध भएको हो ।
उहाँहरूले गत वर्ष पनि स्नेह केन्द्रलाई सहयोग गर्नु भएको थियो । स्नेह केन्द्रलाई आवाज नेपाल दोलखाले सञ्चालन गरिरहेको छ । आवाज नेपालका अध्यक्ष सिर्जना कार्कीले सहयोगी आचार्य परिवारलाई धन्यवाद ज्ञापनसहित सौनकलाई जन्मदिनको शुभकामना व्यक्त गर्नुभयो । उहाँले जन्मदिनमा सामाजिक काम गर्ने संस्कृति बन्दै गएको र अरु पनि यसप्रति उत्प्रेरित भइरहेको देख्दा खुशी लागेको बताउनुभयो । मानिस जन्मेको दिन नै जन्मदिन हो । वर्षेनी आउने जन्मदिन व्यक्तिले आफ्नो अनुकुल विभिन्न तवरबाट हर्षोल्लासका साथ मनाउने गर्दछन् । जसले जन्मदिनलाई खास र स्मरणीय बनाउँछ । तर समाजिक काम गरेर जन्मदिन दिवस मान्ने व्यक्तिहरू समाजमै सीमित छन् । तिनै सीमित मध्येका व्यक्तिका कारण पीडित गरिब र बिपन्नले राहत र खुशी महसुस गर्न पाउने गरेका छन् । स्नेह केन्द्रलाई पनि जन्मदिनको अवसरमा विभिन्न ठाउँहरूबाट आर्थिक, सामाजिक र खाद्यान्न सहयोग प्राप्त भइरहेको छ । “सामाजिक कामको लागि कुनै अवसर आवश्यक हुदैन। तर जन्मदिनलाई खास बनाउन र जन्मदिन मनाउने शैली र संस्कृतिलाई परिवर्तन गर्न सोको अवसरमा सामाजिक काम गर्ने बढ्दै गएका छन् ।” अध्यक्ष कार्कीले भन्नुभयो । “यो समाजका लागि खुशीको कुरा हो । यसले फजुल खर्च घटाएको छ ।”
स्नेह केन्द्रलाई जन्मदिनमा मात्र होइन, विवाह, पुण्य तिथि, वार्षिक उत्सव, साधारण सभा, दिवस लगायतका अवसरमा विभिन्न व्यक्ति तथा संस्थाको सहयोग प्राप्त हुने गरेको छ । स्नेह केन्द्रले संकटासन्न अवस्थाका व्यक्तिहरूको संरक्षणमा निरन्तरता, पुनर्मिलन, पुनर्स्थापना, कानुनी सहायता, मनोविमर्श, बालबालिकाको शिक्षा र सीपमुलक तालिम सेवा प्रदान गर्दै आएको छ ।

Shares

Be the first to comment on "जन्मदिनमा स्नेह केन्द्रलाई सहयोग"

Leave a comment

Your email address will not be published.


*