दोलखाको गौरीशंकर गाउँपालिकाले कार्यालयहरूमा स्तनपान कक्षको व्यवस्था गर्ने

दीक्षण समाचार ÷चरिकोट, – नयाँ आर्थिक वर्षदेखि सरकारी कार्यालयहरूमा स्तनपान कक्षको व्यवस्था गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०७९÷०८० का लागि गाउँसभा समक्ष सार्वजनिक नीति, कार्यक्रम तथा बजेट वक्तव्यमा पालिका भित्रको सरकारी कार्यालयमा छुट्टै स्तनपान कक्षको व्यवस्था गर्न सुरुवात गरिने योजना समावेश छ ।गाउँपालिका उपाध्यक्ष श्यामसुन्दर तामाङले सुत्केरी आमालाई लक्षित गरी उनीहरूको सहजता र सुविधाका लागि स्तनपान कक्षको व्यवस्था गर्ने कार्यको थालनी गरिने बताउनुभयो । आफ्नो बच्चालाई स्तनपान गराइरहेका आमा पनि पालिकामा रहेका सरकारी कार्यालयमा सेवाग्राहीको रुपमा आउन सक्छन् । उनीहरूले बच्चालाई स्तनपान गराउन छुट्टै कक्षको आवश्यकता महसुस गर्न सक्छन्, सो अवस्थामा सरकारी कार्यालय परिसरमा व्यवस्था गरिएको स्तनपान कक्षको प्रयोग गर्न पाउने सुविधाका लागि नीति, कार्यक्रममा समावेश गरी कार्यान्वयन गर्न लागिएको पालिका उपाध्यक्ष तामाङले बताउनुभयो । उहाँले विभिन्न चरण तथा प्रक्रिया पूरा गरी स्थानीय नागरिक, सरोकारवालाको सुझाव र विज्ञहरूको परामर्शमा तयार गरिएको पालिको नीति कार्यक्रमले जनताको अधिकांश माग र आवश्यकताहरू समेटेको बताउनुभयो । उहाँले पालिकाका नागरिकहरूको स्वास्थ्यलाई हितमा राखेर स्वास्थ्य क्षेत्रका लागि विभिन्न कार्यक्रमहरू ल्याइएको बताउनुभयो । “पालिकावासीको हितमा काम गर्न लागि नीति कार्यक्रम बनाइएको छ । नागरिक स्वस्थ भएमात्रै पालिकामा अन्य विकासले पूर्णता पाउँछ ।” उहाँले भन्नुभयो “त्यसैले आधारभूत तथा गुणस्तरीय स्वास्थ्य सेवामा पालिकावासीको पहुँचलाई सुनिश्चित गर्न नीति कार्यक्रमले उल्लेख्य योजना समेटेको छ ।” पालिकाको नीति कार्यक्रममा स्वास्थ्य क्षेत्रलाई समेत विषेश प्राथमिकता दिइएको बताउँदै पालिकामा सबै नागरिक स्वस्थ भएको हेर्ने चाहना आफूहरूको रहेको सुनाउनुभयो । पालिकाले प्रत्येक वडामा विशेषज्ञ चिकित्सक सहितको घुम्ती स्वास्थ्य शिविर सञ्चालन गरी निशुल्क स्वास्थ्य परीक्षण गरिने, स्वास्थ्य सेवालाई जनताको घरदैलोमा पुर्याउनका लागि खोप क्लिनिक, गाउँघर क्लिनिक सामुदायिक स्वास्थ्य सेवालाई निरन्तरता दिइने, भौगोलिक रुपले स्वास्थ्य संस्थाको पहुँचबाट टाढा रहेको स्थानमा सामुदायिक स्वास्थ्य इकाई स्थापना गरी स्वास्थ्य सेवा प्रदान गरिने नीति लिएको छ । बिरामीहरूलाई सहज एम्बुलेन्स सेवा प्रदान गर्न एम्बुलेन्स सेवालाई क्रमशः विस्तार गरिने, गम्भिर प्रकृतिका बिरामी तथा रोगीलाई उपचार खर्च दिइने, पालिकाका जनताको स्वास्थ्य जोखिम र संवेदनशीलतालाई मध्यनजर गरी स्वास्थ्य बिमा कार्यक्रमलाई थप विस्तार गर्न आवश्यक व्यवस्था मिलाइने लगायतका स्वास्थ्य तर्फका कार्यक्रम रहेको उपाध्यक्ष तामाङले बताउनुभयो ।

Shares

Be the first to comment on "दोलखाको गौरीशंकर गाउँपालिकाले कार्यालयहरूमा स्तनपान कक्षको व्यवस्था गर्ने"

Leave a comment

Your email address will not be published.


*